विप्लव कार्यकर्ताद्वारा रामेछापमा २ वटा एनसेल टावरमा क्षति, सेवा अवरुद्ध

67
  •  
  •  
  •  

काठमाडौ फागुन(ओएनएस): नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का कार्यकर्ताहरुले रामेछापमा एनसेलका टावरमा क्षति पुर्याएका छन्। विप्लवका कार्यकर्ताहरुले मंगलबार विहान दुईवटा टावरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

कार्यकर्ताहरुले दोरम्वा गाउँपालिका– २ थापागाउँ र रामेछाप नगरपालिका – ६ भालुखोप डाँडामा रहेको रिपिटर टावरमा क्षति पुर्याएका छन्। टावरमा क्षतिग्रस्त भएपछि सो क्षेत्रमा एनसेल सेवा हाल वन्द भएको छ। सेवा वन्द भएसँगै एनसेल सेवा लिइरहेका सर्वसाधारणहरुलाई समास्या भएको छ।

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी जन परिषद् रामेछापका प्रमुख विवेक लामाले एनसेल कम्पनीलाई पटक–पटक राज्यलाई बुझाउनु पर्ने ४२ अर्ब रुपैयाँ कर बापतको रकम बुझाउन जानकारी गराउँदा समेत कम्पनीले रकम बुझाउन अटेरी गरेको भन्दै त्यसको बिरोध स्वरुप आफ्नो पार्टीका कार्यकर्ताहरुले एनसेल टावरमा क्षति पुर्याएको बताए ।उनले रामेछापलगायत देशभरका ५ सय भन्दा बढी एनसेल टावरमा हाम्रा कार्यकर्ताहरुले क्षति पुर्याएको बताए।


  •  
  •  
  •