नयाँ शक्ति फुट नजिक, पौडेलेको नेतृत्वमा बृहत ध्रुविकरण समिति गठन

517
  •  
  •  
  •  

devendra poudel
काठमाडौं, २ भदौ (ओएनएस) : बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल फुटको संघारमा पुगेको छ । नयाँ शक्तिमा असन्तुष्टि राख्दै फरकमत बुझाएका देवेन्द्र पौडेलको नेतृत्वमा असुन्तुष्ट नेताहरुसहितको बृहत ध्रुविकरण केन्द्रीय संयोजन समिति गठन गरेका छन् ।

समितिमा बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, वलालाती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईँ, शर्मिली तामाङ, रत्न राना र सविन्द्र सुनुवार रहेका छन् ।

केही दिनअघि पत्रकार सम्मेलन गरेर असन्तुष्ट नेताहरुले बृहत ध्रुविकरणको आह्वान गरेका गरेका थिए । त्यसपश्चात संयोजक भट्टराईले उनीहरुलाई २४ घण्टे स्पष्टिकरण सोधेका थिए ।

स्पष्टिकरण सोधेको केही दिनमै पौडेलसहितका असन्तुष्ट नेताहरुले धु्रविकरण समिति गठन गरेका हुन् । असन्तुष्ट पक्षधरहरुले हिजो गरेको निर्णअनुसार समिति गठन गर्दै जिम्मेवारी समेत बाँडफाँ गरिएको छ ।

समितिले निकट भविष्यमै राष्ट्रिय भेलाको आयोजना गरि नयाँ शक्ति नेपालको राजनैतिक कार्यदिशा सहितको प्रतिवेदन र घोषणा पत्र जारी गरिने प्रतिबद्धता जनाइएको छ ।

press realese

press realese 1

press n

press realese 3


  •  
  •  
  •