बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

पुनर्निर्माण प्राधिकरणले पछिल्लो ९ महिनामा के गर्यो? प्रगति विवरणसहित

काठमाडौं, ६ कात्तिक– पछिल्लो नौ महिनामा निजी आवास पुनर्निर्माणतर्फ बन्दै गरेका र बनिसकेका घरको संख्या एक लाख ८० हजार बढीले बृद्धि भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनरावलोकन प्रतिवेदन अनुसार पछिल्लोे ९ महिनामा थप १ लाख ३० हजार २ सय ७३ लाभग्राहीको घर निर्माणाधीन अवस्थामा छ भने थप ५० हजार २ सय १७ घर बनिसकेका छन्।

गत पुस मसान्तसम्म जम्मा निर्माणाधीन घरको संख्या १७ हजार ९९ तथा निर्माण सम्पन्न घरको संख्या ११ हजार ८ सय ७१ थियो।

प्राधिकरणको निर्देशक समितिको वैठक अनुसार निजी आवास अनुदानका लागि समयसीमा निर्धारण गरिएकाले पनि घर बनाउनेको संख्या पछिल्लो समय उल्लेख्य बृद्धि भएको प्राधिकरणको दाबी छ।

प्राधिकरणले अनुदान सम्झौता गरिसकेका सवै लाभग्राहीले निजी आवास पुनर्निर्माणका लागि आगामी असार मसान्तसम्म सवै किस्ता लिइसक्नुपर्ने नयाँ व्यवस्था लागू गरेको जनाएको छ।

साथै विभिन्न निकायबाट प्राप्त भएका करिब २ लाख ५ हजार बढी गुनासोलाई पछ्यौट गरि ४० हजार ९ सय ६७ घर धुरीलाई लाभग्राहीमा समावेश गरिएको, पुनर्निर्माण तथा अनुदान बितरणसम्बन्धी बिगतका अव्यवहारिक प्रावधान र मापदण्डलाई व्यवहारिक बनाउन कार्यविधि संशोधन गरिएकाले पनि निजी आवास पुनर्निर्माणले तुलनात्मक रुपमा गति लिएको प्राधिकरणको बिश्लेषण छ।

यस्तै मापदण्ड अनुसार नबनेका घरहरुलाई मापदण्ड पु¥याई अनुदान लिनका लागि अपवाद तथा सुधार पुस्तिका तयार गरि प्राविधिकहरुलाई तालिम दिई समस्या समाधान गर्न जिल्ला पठाइएकोले पनि थप अनुदानबाट बञ्चित भएका धेरै लाभग्राहीले दोस्रो र तेस्रो किस्ताको रकम पाएका छन ।

हालै मात्र प्राधिकरणको प्रस्ताव बमोजिम सरकारले भूकम्प प्रभावित क्षेत्रमा बन्दै गरेको घर समेत धितो राखेर ३ लाख रुपैया निव्र्याजी ऋण दिने व्यवस्थाले पनि पुनर्निर्माणलाई थप गति दिने प्राधिकरणको अपेक्षा छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले समग्र पुनर्निर्माणको अवस्थालाई हेर्दा केही ढिलाई भएजस्तो देखिएपनि पछिल्लो ९ महिनाको बढ्दो अनुपातलाई हेर्दा निराश हुने अवस्था नरहेको बताए।
‘इन्डोनेशियामा पुनर्निर्माण शुरु भएदेखि स्थायी संरचनामा निर्माण सम्पन्न हुन ८ वर्ष र पाकिस्तानमा ५ वर्ष लागेको थियो, भारतको गुजारतसँग तुलना गर्दा हाम्रोमा पनि केही ढिलाई भएकै हो, तर स्रोत साधनको उपलव्धता र सरोकारवाला निकायबीच समन्वय भए तोकिएकै समयमा पुनर्निर्माण सम्पन्न हुन्छ,’ उनले भने।

प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामा असोज मसान्तसम्म ८५ हजार बढी घरधुरीले दोस्रो किस्ता बुझिसकेका छन् । १ लाख ६ हजार बढी लाभग्राहीले दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएको र करिब ९७ हजार लाभग्राहीलाई दोस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएको छ।

चाडपर्वका कारण इन्जिनियरहरु फिल्डमा नभएको र कतिपय ठाँउमा प्राविधिक जनशक्ति अपुग भएकाले एमआइएस प्रणालीमा तथ्याङ्कहरु समावेश हुन नसकेको प्राधिकरणका इन्जिनियर प्रवीण आचार्यले बताए।

9-month-progress

 

Comments are closed.

'
Scroll To Top