राष्ट्रियसभाले आफूलाई पाउने सुविधाबाट बञ्चित गराएको सांसदको अाराेप

59
  •  
  •  
  •  

काठमाडौं, २६ भदाैँ (अाेएनएस) : राष्ट्रियसभाले आफूलाई पाउने सुविधाबाट बञ्चित गराएको एक महिला सांसदले अाराेप लगाएकी छन्। सत्तारुढ दल संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले उक्त अाराेप लगाएकी छन्।

राष्ट्रियसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद कुमारीले राष्ट्रियसभाका अन्य सांसदहरुले मन्त्रिपरिषदबाट निर्णय गराएर विभिन्न सुविधा लिदाँ आफू भने नपाएको गुनासो गरेकी हुन् । उनले भनिन्,’ म राष्ट्रिय सभाबाटै पीडित भएको छु।’

फोरम, नेपालको राष्ट्रियसभामा आफू दलको नेता भएपनि राष्ट्रियसभाले आफूलाई पाउने सुविधाबाट बञ्चित गराएको सांसद कुमारीको दावी छ । सांसद कुमारीले मधेशी भएकै कारण आफूलाई पाउने सुविधाबाट बञ्चित गराएको हुनसक्ने आशंका पनि व्यक्त गरेकी छन् । उनले सरकारले मधेशलाई हेप्ने काम गरिरहेको भन्दै आक्रोश पनि व्यक्त गरिन् ।

सांसद कुमारीले संविधान संशोधन गर्ने प्रतिबद्धता पूरा नगरेको भन्दै प्रधानमन्त्री केपी ओलीको पनि आलोचना गरिन्


  •  
  •  
  •