बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

नासाको कर्मचारी आवश्यकतामा ९ वर्षका बालकको आवेदन!

nasa logo
एजेन्सी : नासाले ग्रह सुरक्षा अधिकारी पद जनशक्ति माग गरेपछि एक ९ वर्षका बालकले आवेदन दिएका छन् ।

उक्त पदका लागि अनुभवी कर्मचारीको आवश्यकता भएको कुरा सार्वजनिक गरेपछि नासामा यस्तो निवेदन परेको थियो । नासाले अपेक्षा पनि नगरेको यो निवेदन लेख्ने ४ कक्षामा पढ्ने ज्याक डेभिस हुन् जसले उक्त पदका लागि आवेदन दिने इच्छा राखेका थिए ।

डेभिसले आफूलाई गार्डियन अफ द ग्यालेक्सी भनेर वर्णन गरेका छन् । उनले भने, मैले अन्तरिक्ष सम्बन्धि सबै चलचित्र हेरिसकेको छु त्यसैले म यो पदको लागि आवेदन दिन इच्छुक भएको छु ।

उनको आवेदन हेरेर नासाका ग्रह विज्ञान डाइरेक्टर जिम ग्रीमले ठूलो भएर धेरै पढेपछि आवेदन दिन सुझाव दिदै जवाफ पठाएका थिए ।

Comments are closed.

'
Scroll To Top