बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

वाम एकताले निर्वाचनलाई नै असहज वातावरण : कांग्रेस नेता खड्का

narayan-khadkaउदयपुर, ३० असोज– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले एमालेण्माओवादी केन्द्रबीचको भएको वाम गठबन्धनले भौगोलिक ध्रुवीकरण बढ्न सक्ने खतरा रहेको औंल्याएका छन्।

सोमबार उदयपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता खड्काले एमाले र माओवादी गठबन्धनले आसन्न निर्वाचनलाई नै असहज वातावरण सिर्जना गरेको जिकिर गरे।

माओवादी केन्द्र सरकारमा पनि रहने र प्रतिपक्षमा रहेको दलसँग पनि गठबन्धन गर्नाले निर्वाचनलाई असहजता सिर्जना गराउने वातावरण बन्ने उनले बताए। उनले माओवादी केन्द्रको सरकारमा पनि रहने र प्रतिपक्षसँग पनि गठबन्धन गर्ने दोहोरो चरित्र स्वीकार्यता नहुने बताए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना मन्त्रीलाई नैतिकरुपमा सरकारबाट फिर्ता बोलाउनु पर्ने उनको भनाई छ।

Comments are closed.

'
Scroll To Top