बुधवार, कार्तिक १, २०७४ | Wednesday, October 18, 2017
न्युज अपडेट

एमालेले समय मागेपछि प्रधानन्यायाधीसको नाम सिफारिस हुन सकेन

sarbochha adalat
काठमाडौं, ५ असार (ओएनएस) : आज बसेको संवैधानिक परिषद्ले प्रधानन्यायाधीसको नाम सिफारिस गर्न सकेन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले न्याय परिषदबाट सिफारिस भएका न्यायाधीसहरुको अध्ययन गर्ने समय मागेपछि प्रधानन्यायाधीस सिफारिसको टुंगो लाग्न नसकेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कायममुकायम प्रधानन्यायाधीस गोपाल पराजुलीको नाम प्रधानन्यायाधीसमा सिफारिस गर्न प्रस्ताव गरेपनि एमाले अध्ययक्ष ओली अस्वीकार गरेका थिए । उनले पराजुलीको उमेर र शैक्षिगक प्रमाणपत्रबारे विवाद भएकाले पहिले त्यसको टुंगो लगाउनुपर्ने बताए ।

न्याय परिषदले प्रधानन्यायाधीसका लागि पराजुलीसहित ६ जनाको नाम सिफारिस गरेको थियो । जसमा पराजुली सबैभन्दा बरिष्ठ हुन् । अब वैधानिक परिषद्को अर्को बैठक असार १५ गते राखिएको छ ।

Comments are closed.

'
Scroll To Top