नलीवउडकै पहिलो अरबपति नायिका बनिन् नन्जी

27
  •  
  •  
  •  

एजेन्सी । नाइजेरीयाकी एक अभिनेत्रि नलीवउडकै पहिलो अरबपति नायिका बन्न सफल भएकी छिन् ।
एक्ट्रेस, प्रोड्यूसर एवं डाइयरेक्टर समेत बनिसकेकी जेनेवीव नन्जी त्यहाँको फिल्म इन्ड्रस्टीकै पहिलो अरबपति बनेकी हुन् ।

३९ वर्षीया नाजीको फिल्म अमेरिकी मिडीया सर्भिस कम्पनी नेटफ्लिक्सले किनेको छ । उनको बल्कबुस्टर फिल्म ‘लायन हर्ट’ लाई करिब ३८ लाख अमेरिकी डलरमा किनेको जुन रकम १.३८ अर्ब नायरा नाइजेरीयन रुपैयाँ हुन जान्छ । नेटफ्लिक्सले किनेपछि उनी एउटै फिल्म ले अरबपति बनेकी हुन् ।

उनको फिल्म टारोन्टो इन्टरनेसन फिल्म फेस्टिवलमा नेटफ्लिक्सको आँखामा परेको थियो । उनी २० वर्षदेखि फिल्ममा काम गर्दै आएकी थिइन् । लायन हर्ट उनको पहिलो फिल्महो जसलाई निर्देशन पनि उनी आफैले गरेकी थिइन् ।

१९९८ मा १९ वर्षको उमेरमा पहिलो फिल्म खेलेकी नन्जी ८ वर्षदेखि नै टिभी सिरियलमा एक्टिंग गर्दै आएकी थिइन् ।


  •  
  •  
  •