नेकपा सुदूरपश्चिम प्रदेशको बैठक शुरु

20
  •  
  •  
  •  

काठमाडौं, २७ पुस(ओएनएस) : नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशको बैठक कैलालीको धनगढीमा शुक्रबार शुरू भएको छ ।

प्रदेश कमिटीले पूर्णता पाएयता बसेको पूर्ण बैठकमा शपथ ग्रहण र प्रदेश इन्चार्ज तथा सहइन्चार्जले निर्देशन दिने कार्यसूची रहेको छ ।

१ सय ७५ सदस्यीय प्रदेश कमिटीमा अधिकांश उपस्थित रहेको प्रदेश कमिटी सदस्य कमला बोहोराले जानकारी दिइन् ।
सुदूरपश्चिम प्रदेश इन्चार्ज स्थायी कमिटी सदस्य भीम रावल, सहइन्चार्ज लक्ष्मणदत्त जोशी हुन् भने कमिटीको अध्यक्ष कर्णबहादुर थापा र सचिव नेपबहादुर थारू रहेका छन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here