नागरिकता

114
  •  
  •  
  •  

नेकपा सांसद/इन्दु शर्मा

नौ महिना गर्भमा राखी सन्तान जन्म दिन्छौ….
जन्म दर्तो गराउदा बाबु चाहियो भन्छौ..

प्राण भन्दा प्यारो गरी हुर्काउछौ नानी….
दशधारा दुध खुवाई पाल्ने पनी हामी..

संविधानमा हामीलाई समानता को अधिकार दियौ….
कार्यान्वयन गर्दा खेरी सबै फिर्ता लिय..

अधिकारका लडाईमा महिला पुरुष संग संगै गयौ….
सन्तान लाई पहिचान दिन नसक्ने हामी दोस्रो दर्जाको भयौ..

बाबु बाट नागरिकता लिदा आमा चाहिदो रैनछ….
आमा बाट लिन जादा नागरिकता पाइने रैनछ..

जिन्दगीं भर ति बाबुले सन्तान न हेरेनी हुने….
आमाबाट लिन्छु भन्दा बाउको पुस्ट्याइँ गर्नुपर्ने..

आमा बाट सन्तानलाई पहिचानको अधिकार दिनुपर्छ….
तब बल्ल यो संविधान ले महिला लाई न्याय गर्छ..


  •  
  •  
  •