नेविसंघको वर्तमान कार्यसमिति भंग गर्नुपर्छ : नेता सिंह

9
  •  
  •  
  •  

कैलाली, २७ पुस(ओएनएस) : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयमा १२ औं महाधिवेशन गर्न नसकेको नेविसंघको वर्तमान कार्यसमितिलाई भंग गर्नुपर्ने बताएका छन् ।

कैलालीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमिति असक्षम भएको आरोप लगाए ।

दुई वर्षे कार्यकाल रहेको नेविसंघ नेतृत्वले सहज रुपमा जिल्ला अधिवेशन पनि गर्न नसकेको उनको भनाइ थियो ।
उनले भने, ‘जिल्ला अधिवेशनहरु पनि गर्न सकेन। क्याम्पसहरुको अधिवेशन पनि गरेको देखेनौं । कामै गर्न नसकेको नेविसंघलाई समय थप्न हुँदैन ।’

वर्तमान कार्यसमितिले महाधिवेशन गर्न नसकेको साथै स्ववियु निर्वाचन पनि आइसकेकाले तदर्थ समिति बनाउनुपर्ने उनको भनाइ छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here