फेरि अर्का व्यवसायीको गोली हानी हत्या: सुन,चाँदी पनि लुटियो

374
  •  
  •  
  •  

काठमाडौं, २५ असोज–काठमाडौंमा हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारा पत्ता नलाग्दै फेरि अर्का हत्या घटना भएको छ।

सर्लाहीमामा अपरिचित समूहको गोली प्रहारबाट सुन व्यवसायी सुनिल साहको हत्या भएको हो।

मंगलबार बेलुका हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका कविलासी गाउँपालिका–३ पिपरियाका साहलाई अपरिचित समूहले गोली प्रहार गरेका थिए।

पसल बन्द गरेर मोटरसाइकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका तीन–चार जनाको समूहले मोटरसाइकल रोक्न लगाएर साथमा रहेको नगद तथा सुन, चाँदी लुटन खोजेका थिए।

सर्लाही प्रहरीका अनुसार प्रतिकार गर्न खोज्दा लुटेराले सुनिलको च्यापुमुनि गोली हानी हत्या गरी मृतकका पिता नागेन्दर साहको झोलामा रहेको नगद तथा सुन, चाँदीसमेत लिएर फरार भएका छन्।

गम्भीर घाइते साहलाई सर्लाही जिल्ला अस्पताल पु¥याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो।  घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी उपरीक्षक मसाउद आलम खाँले बताए।


  •  
  •  
  •