मुगु डायरी : राराको अविस्मरणीय यात्रा, ‘रारा स्वर्ग कि अप्सरा’

232
  •  
  •  
  •  

राजेन्द्र उप्रेती

राजेन्द्र उप्रेती

मिसन कर्णालीको सिलशिलामा केहि दिनको लागि मलाई मुगु जानु थियो| साेही अनुरुप म अाफ्नाे मनस्थिती बनाए। गत अप्रिल १ मा काठमाडौँबाट बिहान साढे सात बजेको बुद्ध एयरको जहाजबाट नेपालगंज अाए | हाम्रो मुख्य गन्तब्यमिसन कर्णालीलाई पहिलो प्राथमिकतामा राखी अर्को लक्ष्य मुगु थियाे। मलाई मुगुकाे रारा कति छिटो पुगुला साे ठाउँकाे सुन्दर अबलोकन गरुला भनेर एकदमै हतार भएको थियो ।

बुद्द एयरको म नियमित ग्राहक हो र उसले मलाई आफ्नो समयमा नेपालगंज पुर्यायो | म हतार हतार काठमाडौँबाटै मुगुको लागि भनेको टिकटको खोजीमा ट्राभल एजेन्सीकोमा गए तर उसले मलाई निरास बनाएर पठायो भन्यो कि आज तपाईले टिकट पाउन सक्नु हुन् किन कि त्यहा त महोत्सव शुरु हुना लागेकोले बैसाख पहिलो हप्ता सम्म टिकट पाउन गाह्राे छ ।

ट्राभल एजेन्सीकाे कुरा सुन्ना साथ मलार्इ दाेधारमा पर्याे। म साेचे अब गर्ने होला के ? कति धेरै सपना देखेको थिए, परिवारलाई पनि मुगुबाट फर्किने बेला रारा बोलाउँछु रारा घुमाउँछु भन्ने देखि अरु कति कति सपना‍‍‍‍‍‍‍‍‍‍‍‍‍………. देखेका थिए। तर ति सबै सपना त नेपालगंज विमानस्थल मै चकनाचुर भए जसो लाग्यो । अब के गर्ने गर्ने अरु धेरै ट्राभल एजेन्सी लगायतकाे ठाउँमा गएर बुझे तर टिकट पाउन गाह्राे भयो ।

केहि नलागे पछि म बसपार्क तिर गए सडक मार्फत जान्छु भनेर धेरै प्रयास गरे तर मुगु भन्ने बितिकै बस काउन्टर देखि ट्राभल एजेन्सीसम्मका साहुहरु नाक बांगो बनाउन थाले, त्यो प्रयास पनि सम्भव भएन र त्याे दिनको लागि मेरो यात्रा नहुने देखेर म नेपालगंज बस्ने निर्णयमा पुगे ।

दोस्रो दिनको लागि प्लेनको टिकटका लागि धेरै ठाउँमा प्रयास गरे । र अन्तिममा एक ठाउँबाट भोलि टिकट पाउने आश्वासन पाँए। तर आस्वासन दिने मान्छे भाेली बिहान मोबाइल अफ गरेर सम्पर्क विहीन भयाे, अब के गर्ने होला ? अब जे होला होला बिहान सबेरै सिधै एयरपोर्ट गए र सामान चेक इन गरेर सिधै काउन्टरमा गए र ताल्चा एयरपोर्ट (मुगु) जाने सबै एयरलाइन्सको डेस्कमा गएर भने म संग टिकेट छैन तर म जसरी पनि मुगु जानु पर्ने हाे, फेरी त्यस्तै बिडम्बना सामुन्ने अायाे कसैबाट पनि टिकट पाउने प्रतिक्रिया पाएन ।

नेपालगञ्जमा रारा जाने प्लेनको सिट नपाउने तर राष्ट्रिय धोजा बाहक जहाज आधा प्लेन खाली रारा जान्छ रे, कारण खोज्दै जाँदा निजि बिमान कम्पनीका प्रतिनिधिले कमिशन दिने भएर यसो भएको भन्ने कुरा सुन्नमा आयो । मैले एकजना एयरपोर्ट भित्रकै मित्रको सहयोगमा धेरै वादविवाद गरेर टिकेट पाउन सफल भए अब लाग्यो मैले युद्द नै जितेछु ।

नभन्दै म उड्नु भन्दा पहिले २ वटा प्लेन उडे एउटा तारा र अर्को राष्ट्रिय धोजा बाहक जहाज (RA) अब मैले त्यो तारा फर्के पछि त्यसमा जानु पर्ने रे | लगभग २ घण्टा पछि ताराको जहाज आयो रारा जाने सबै यात्रुहरु एयरपोर्ट तिर हानिए, यस्तो दृश्य देखियो कि त्यो जहाज नभएर काठमाडौँको रिंगरोडको महानगर बस जसो न कुनै सरसफाई न कुनै प्राबिधिक परिक्षण सिधै झर्ने यात्रु, यात्रु झरेपछि गाडी चढेझै यात्रुहरु यात्रु चढे | म पनि त्यसैको सहभागी एक थिए, भगवान भरोशा सम्झेर म पनि चढे| म संग लगभग १० जना बिदेशी साथी थिए विमानमा सवार | बिदेशीहरु भएर हो कि सधै यस्तै हो खासै कारण त थाहा भएन तर बिमानले यति राम्रो संग राराको अवलोकन गराई दियाे की वास्तबमै अविस्मरणीय रह्यो त्यो पल ।

राराको सुन्दर अवलोकन पछि विमान अवतरणको समय भयो वास्तबमै ताल्चा विमानस्थल अवतरणको लागि अलि जोखिम बढी भएको महसुस पनि भयो मलाई, बिमान पहाडमै ठोकिन्छ कि जसो यात्रु सबै आतिए नभन्दै सजिलै विमानले अवतरण गर्यो | विमानस्थल बाहिर एकजना परिचित दाईलाई भेटे उहाँ केहि समय अगाडी RA काे विमान बाट मुगु आउनु भएको रैछ अनि मैले सोधे दाई मलाई त टिकेट पाउन साह्रै गाह्राे पो भयो त अनि उहाँले जवाफ दिनु भयो भाइ यहाँको चलन नै यस्तो छ के गर्ने म पनि मुस्किले आको तर म आएको विमानमा ६ वटा सिट खाली थियो | गाह्राे छ भाइ मुगु आउन त मैले झन्झटकाे सामना गरे, हाे दाई मैले पनि भोगे ।

अब मलाइ जानु पर्ने गमगडी गाडीको मनपरी शुल्क सुनेर मेराे कान ठाडाे भयाे। जम्मा ५ कि.मि. छैन भाडा ५०० रुपैया रे | ल अब स्वीकार्नै पर्यो अर्को बिकल्प नै छैन, केही बेरमा एक्सप्रेश गमगडी गाडीमा बसेर लागे गमगडी तिर | मुगुकाे गमगडीमा होटेलको खोजी गरे तर एउटा होटलमा गएको त् जम्मा ४ रूम रे सबप्याक अनि अर्कोमा गए त्यहाँ पनि त्यस्तै अनि साथी लाई फोन गरे एउटा होटेलको नाम दियो होटेल भिजिट कर्णाली त्यहाँ गए रूम भेटियो अनि बसियो २ दिन गमगडीमा २ दिन पूर्ण रुपमा आफ्नो मिसनमा लागे काम सफलता पुर्बक सम्पन्न गरे ।

धेरै साथीहरु संग भेट भयो | अब मलाई गमगडी बाट रारा हुदै पिना भन्ने गाउँमा जानु थियो त्यो गाउँ रारा नजिकै प्रथ्याे रे अनि बिहानै ५:३० बजे राराको लागि प्रस्थान गरे एक जना सहयोगी साथीको साथमा सुने कि रारा सम्म गाडी जान्छ रे अनि गाडी भएको ठाउँमा गए रारा गएको एकजनाको पाचँ हजार रुपैया रे अनि ४ जना हुनै पर्ने अनि त्यहाँ पनि कुरा मिलेन अनि सहयोगी साथीलाई सोधे हिडेर कति समय लाग्छ ? “ उसले भन्यो रारा पुग्न ३/४ घण्टा अनि पिना गाउँ पुग्न त्येस्तै रारा घुमेर गयो भने ७/८ घण्टा” अनि कसियउ हिड्न र हिडियो त्यहाँबाट अनि १० बजे तिर रारा पुगियो ।

आहा आकाश बाट देखिएको त्यो दृश्य अनि जमिन बाट हेर्दा साचिकै रारा त् ‘स्वर्ग कि अप्सरा’ नै रहिछिन | राराको दृश्यावलोकन पछि हामीले रारामा अवस्थित होटेलमा खाना खाने निर्णय गर्याै र भविश्यमा साथीहरु लाई घुमघाममा सहजहोस् भनि सूचना संकलन गर्न र अनि खाना खान होटेल तिर लाग्याै, होटेल र स्थानीय स्तरको सुबिधाको यस्ताे वास्तबिकत……………………

मैले जे देखे त्यही लेखे‍‍‍‍‍‍

– होटेल २ वटा मात्र पुरा मनोमानी ग्राहक अनुसार लुटतन्त्र देखियो
– एउटा होटल माअाेबादी र अर्को होटल एमाले नाम नै स्थानीय रुपमा परिचित रैछ
– कांग्रेसले होटल अनुमति पाउन असफल भएछ रे, प्रयास त गरेको तर……
– काठे घरका होटलको १ रुमको रु दुई हजार रे
– टेन्टको दुई हजार पाच सय सम्म रे
– खानाखानु अगाडी रेट सोध्यो भने रु दुइसय सादा खानाको अनि खाईसकेपछि सोध्यो भने रु पांच सय
– ९ रुपैयाको पानी लाई ७० रुपैया पर्छ
– मुस्किलले ५०-६० जना भन्दा बढी पाहुना राख्न सकिने ठाउँ छैन
– रूम प्याक भएको बेला भयो भने न खाना पाइन्छ न बस्न त्यसको विकल्प नै छैन
– बच्चा र परिवार सहित गएका मान्छेहरुको बिचल्ली देखियो
– रारा बाट फर्किने जुन यात्रुलाई सोधे पनि निराशा मात्र देखियो जुन म आफै पनि भए
– ९ रुपैयाको पानी लाई ७० रुपैया पर्छ
– फलफुल र ड्राई फुड पनि खासै नपाउने
– ६० रुपैयाको चाउचाउ र ७० रुपैया पर्ने बिस्कुट (जुन मैले किनेर खाए)
– समग्रमा होटलको मनोमानी जे मनलाग्यो त्यही जस्तो ग्राहक भेट्यो लुटतन्त्र देखियो
– गाडी बिग्रेर बिचार पर्यटक यात्रुको बिचल्ली पनि बाटोमा कहाली लाग्दो अवस्थामा देखियो
– बाटोको अवस्था झन् बर्णन इन्द्रले पनि गर्न नसक्ने
– स्थानीय मान्छेहरुले त्यहाँ आउने पर्यटकबाट कुनै किसिमको फाइदा लिन नसकेको
– राराको विकास को लागि १६ करोड खर्च भैईसकेको जसको नतिजा हेर्दा लाग्छ १६ हजार पनि खर्च भएको छैन कि जसो

– स्थलमार्गको अवस्था ज्यादै बिजोक छ पिना गाउँबाट १६ घण्टामा जुम्ला पुगियो, मैले त्यो यात्रालाई सहासिक यात्रा भन्न रुचाए
यी सबै तिता कुराहरुको अनुभब गर्दै रारा सुन्दरता ले बिर्से झैँ गरि लागियो पिना गाउँ तिर, जहाँ बिकट, राज्यका सेवा र सुबिधाहरुबाट बन्चित तर स्वभिमानी निस्वार्थ जनताको बस्ती त्यो समुदाय संगको बसाई पनि अविस्मरणीय रहयो | तत्पश्चात म स्थल मार्ग हुदै जुम्ला कालिकोट बाट नेपालगंज यात्रा तय गरे र कालिकोट बाट यो डायरी लेख्दै छु |
राज्य तथा सरोकारवालाहरु लाई सुझाब:

१- प्रकृतिले यस्तो सुन्दर ठाउँ दिएको छ कि (रारा) हाम्रा नेताहरुलाई त्यो भाषणमा बेच्नलाई पुगेको छ | प्रकृतिले त् दियो अब सरकारले राम्राे बाटो देखाअाेस्, स्वास्थ सेवा देअाेस्, सुरक्षा देअाेस् र अन्य भौतिक विकासका पूर्वाधार देअाेस् |

२- टेलीफोनको कुरै नगरौ कुनै सिमको नेटवर्क पाउन साइत नै जुर्नु पर्छ | त्यसको क्षमता बढाउनु पर्यो |

३- नेपालगंजबाट मुगु आउन यात्रा नै कठिन छ मोटरबाटो को कुरै नगराैँ हवाई यातायातमा धेरै नै राजनीति रैछ | त्यसको अन्त गरोस्|

४- नेपालगञ्जमा रारा जान प्लेनको सिट नपाउने तर राष्ट्रिय धोजा बाहक जहाज आधा प्लेन खाली रारा आउने पनि आफ्नै आँखाले देखियो, कारण खोज्दै जादा निजि विमान कम्पनीका प्रतिनिधिले कमिसन दिने भएर यसो भएको भन्ने कुरा सुन्दा मन सारै रोयो यस्तो कमिसन तन्त्रको अन्तहोस् |

५- यो क्षेत्रमा आउने सम्पूर्ण सरकारी कर्मचारीहरु लाई नेपाल वायु सेवा निगमबाट नै आउने व्यवस्था गरियोस अनि बायु सेवा निगमले आफ्नो विमानस्थल काउन्टरमा कति सिट बुक भए अनि कति बाकी छन् भन्ने कुरा यात्रुलाई सूचना पाटि बाट जानकारी दिने व्यवस्था गरोस्|

६- ताल्चा विमानस्थल बाट मुगु गमगाडीको दुरी जम्मा ५ कि.मि पनि छैन तर भाडा दर रु. ५०० देखि ५००० लाग्छ यो के स्वभाविक भाडा हो र ? यो अनुगमन कसले गर्छ | अनुगमन होस् |

७- भएका होटेलमा पनि करको बिल अनि कर बिबरण र जानकारी कुनै पनि छैन, सरकारलाई बलियो बनाउन कर संकलन प्रणाली बलियो होस् |

८- रारामा भएका २ वटा होटल त्यहाँ बाट तत्काल हटाइयोस या त्यहाँ प्रयाप्त होटल खोल्ने अनुमति सरकारले देअाेस |

९- कर्णालीको विकाश नेपाली ठेकेदारहरुको सट्टा अन्तरास्ट्रिय टेन्डर गरेर बाहिरबाट ठेकेदार लाईयोस (चाइना उत्तम बिकल्प हुन सक्छ)

प्र.म.अाेली ज्यु बोलीमा होइन काममा विश्वास गर्छन जनता राराबाट पर्यटक विकासको बिकुल फुक्ने होइन कि आधुनिक मलेसियाका निर्माता मोहमद महाथिर जस्तै बिकटबाट विकासको बिकुल फुक्नुस, अनि संगै कामको थालनी गर्नुस | तपाई आउने कुराले रारामा महंगा बैठक र सेमिनार सुरु भैईसके तर जुनकार्य भईरहेका छन् ति त्यति अर्थपूर्ण छन् जसो लाग्दैन म जस्ता सर्बसाधारण जनताको लागि |

रारा आउन चाहनेहरुका लागि सुझाब:

– यथावास्थामा राराको सुन्दरताले जाउ-जाउ लागे पनि भौतिक विकासको दृष्टिकोणले त्यति सहज छैन है त्यसैले मानसिक रुपमा तयारी गरेर मात्र आउनु होला, बच्चा र असक्तहरुलाई धेरै नै सास्ती हुन्छ |
– फलफुल, ड्राई फुड र पानीको व्यवस्था आफै गरेर जानु हाेला।
– टेन्ट र स्लिपिंग ब्याग साथमा लैजानुस्।
– यदी आफै गाडी लगेर जानु हुन्छ भने गाडी राम्रो संग बनाएर जानुस गाडी बिग्रो भने हरिबिजोग हुन्छ।
– सबै गाडी त्यहाँ जान सम्भब छैन फोर व्हिल मात्र जाने हो नेपालगंजबाट त्यस्तो गाडीले रिजर्बमा ४५ हजार भाडा लिन्छन रे।

मैले देखेको “कर्णाली” जहाँ:

– राज्यले सम्पूर्ण बजेटको १२% बजेट ले पनि परिवर्तन गर्न नसकेको ठाउँ
– विद्यालय छन् विधार्थीलाई पढाउने शिक्षकको अभाव छ तर यथार्थमा दरबन्दीमा शिक्षक हुन्छन मात्र तलब खाने |
– क्याम्पस बर्षमा ३ चोटी खुल्ने (एक दिन भर्ना, एक दिन बिद्यार्थीको चुनाब अनि एक दिन परिक्षा)
– हेल्थ पोष्टमा औषधीको नाममा बर्षमा २ केजी आउछ, पियनको भरमा चल्छन, स्वास्थ्यकर्मीहरु नियुक्ति हुन्छन तरबीच बाटो बाटै हराउछन्, यसो बुझ्यो कता तालिममा अनि गोस्टीमा हुन्छन रे कोइ त काजमा रे | बिरामीको बिजोग देखिन्छ हेल्थ पोस्ट बाहिर |
– एन.जी.ओ./आई.एन.जी.ओ.को आफ्नै पारा छ, को छन् ? कहाँ छन् ? के गर्दै छन् ? कुनै नियमनकारी संयन्त्र क्रियाशील देखिदैन | जे गर्दै छन् आ-आफ्नो संस्थालाई मात्र थाहा हुन्छ कि जसो |
– २०७२ साल जस्तो महाभूकम्प जस्तो कुनै दैबी प्रकोप भयो भने उद्दार गर्न समेत बहुत कठिनाई छ भौगोलिक कारणले |
केहि प्रतिनिधि पात्रको अनुभब:

“म सुगमको मान्छे हु, लोकसेवा निकालेर जागिर खाए तर पहुच नभएकोले सरुवा पाउन सकेको छैन धेरै लामो समय देखि यही कर्णालीमा छु इमान्दारिताका साथ काम गरेको छु अनि कहिले कहिँ मन भुलाउन रारा तिर जान्छु, गाह्राे छ हजुर मेरो जिन्दगि” – एक राष्ट्र सेवकको भनाई

“म यहाँको बिकट गाउँमा जन्मे हुर्के, आमा बाबुको चाहना अनि हाम्रो कृषि प्रधान देशको महत्व बुझेर जसो तसो ऋण कर्जा गरेर प्राबिधिक बन्छु भन्ने अठोट लिएर जुम्ला गई कृषि जे.टि.ए. पढे, गरिब घरको मान्छे हजुर जागिर खान कुनै पहुँच छैन, कुनै ठाउमा बिज्ञापन भएको पनि थाहा हुदैन | गाउमा समुदायमा आउने कुनै विकासे कार्यक्रमले मासिक ४-५ हजारको जागिर दिन्छन त्यसैले गुजारा चलिरहेको छु | परिवार पाल्न पनि गारो छ महंगी पनि छोई नसक्नु छ” – एक आम सर्बसाधारणको भनाई

“हामी संग प्रयाप्त बजेट छ, हामीलाई कुनै पनि किसिमको सहयोग आबस्यक छैन बिशेष गरि एन.जी.ओ./आई.एन.जी.ओ. (जुन पारदर्शी छैनन्, आफ्ना कार्यक्रम लुकाएर गर्छन, कुनै समन्वय छैन) अब देश परिबर्तन भई सक्यो अब यहाँ बिकाशको आधि बेहेरी नै आउछ | “ – एक जनप्रतिनिधिको भनाई

यो मेरो व्यक्तिगत र केहि गन्यमान्य व्यक्तिहरुसंग बुझ्दाको अनुभब हो, म गलत भए सुझाबको अपेक्षा गरेको छु | धेरै अवसर छन् जस्तै यहाँका पर्यटकीय स्थान, वनजंगल (रेलबाट पानी जहाज मार्फत यहाँका ढुगा र चट्टान हरुलाई टापू नै टापू भएका देशलाई बिक्रि गर्यो भने मात्र पनि देश कता पुग्छ होला ?

कर्णालीमा आधुनिक किसिमका डुंगा सयर गरेर कति पर्यटक आउथ्ये होलान ? रारा मा केबलकार कति सुहाउथ्यो होला ? अब अर्को पारिवारिक रारा भमण तब मात्र हुनेछ कि जब त्यहाँ भौतिक बिकाश होस्, मराराको चारै तिर बाहिर पट्टि केवलकार होस्, स्थलमार्ग- हावाईमार्ग बाट रारा जान यात्रा सहज होस् | मात्र मेरो कल्पना

(लेखक उप्रेती एक्सन वर्क्स नेपालकाे क्षमता अभिवृद्धि तथा पैरवी अधिकृत हुन्)


  •  
  •  
  •