मुुगुमा योग विज्ञान प्रति आर्कषित युवा-युवती

88
  •  
  •  
  •  

काठमाडाैँ, २५ जेठ (अाेएनएस) : मुुगुमा योग विज्ञान प्रति युवाहरुकाे आर्कषण बढेकाे छ। सदमुकाम गमगढीमा ५ दिने निशुल्क योग विज्ञान शिविर चलेपछि मुगुका युवा युवती बिहानै शिविरमा पुगेर योग विज्ञानका बारे जानकारी लिइरहेका छन्।

छाँयानाथ रारा नगरपालिकाको आर्थिक सहयोग तथा पतञ्जलि योग समिति मुगुको आयोजनमा निशुल्क योग शिविर संचालन भएपछी मुुगुका युवा युवती हरु योग विज्ञान प्रति आर्कषित भएका हुन ।

नगरपालिकाले गएको आर्थिक बर्षको कार्यायोजनामा नगरपालिकाको प्रत्येक बस्तिमा एक गाउँ एक योग शिविर संचालन गर्ने कार्यक्रम पारित गरेपछी मुगुमा वृहत योग बिज्ञान शिविर सञ्चालन गरिएको हो ।

योग शिविरमा नगरपालिकाको प्रत्येक वडामा तिन देखि चार जना सम्म युवा युवती लाई प्रशिक्षण गराई योग शिक्षक उत्पादन गरेर प्रत्येक गाँउमा योग शिविर संचालन गर्दै प्रत्येक घरमा योग विज्ञान पुर्याउने लक्ष्यका साथ जिल्लामा पहिलो पटक निशुल्क योग शिविरको आयोजना गरिएको र योग शिविरमा अन्य उमेरका सर्वसाधरण भन्दा युवा पुस्ताको बढी सहभागिता रहेको पतञ्जलि योग समिति मुुगुका अध्यक्ष जय बहादुर मल्लले जानकारी दिए ।

संचालित योग शिविरमा १ सय भन्दा बढीको सहभागिता रहेको छ भने योग शिक्षक प्रशिक्षणमा ६० जना युवा युवतीले आफनो नाम दर्ता गराई प्रशिणकाे लागि सहभागि भएकाे शिविरमा पतञ्जलि योग समितिका केन्द्रिय अध्यक्ष तथा प्रशिक्षक लव देब मिश्रले बताए।

सडक यातायात र हवाई यातायाता दुबैको पहुच पुगेपछी बिशेष गरि नगरपालिकामा बसोबास गर्ने युवाहरु दुब्र्यसनी र कुलत तर्फ लाग्न थालेछी उनीहरु लाई कुलत बाट हटाउनका लागि योगा विज्ञानले ठुलो सहयोग गर्ने भएकाले पनि नगरपालिकाले योग शिविर संचालन कार्यक्रम परित गरेकाे हाे।

योग विज्ञानबाट स्वस्थ मात्र नभई आफुमा रहेका मानसिक चिन्ता समेत हट्ने भएकाले आफु योग निरन्तर गर्दै आएको कारणले आफुमा अहिले कुनै खाले तनाव र समस्या नरहेको शिविरमा सहभागी युवा रमेश कडाँयतले बताए।

त्यस्तै योगाले शरीर लाई ठुलो सहायता गर्ने भएकाले सरकारले अनिवार्य रुपमा वियालयको पाठ्यक्रममा समेत समेटनु पर्ने शिविरमा सहभागी सम्झना शाहले बताईन ।

शाहका अनुसार बेरोजगार भएकै कारण , कुलत र दुब्र्यशनी तिर बिशेष गरी युवाहरु बढी देखिएकाले अन्तत युवाहरुले बढी आत्म हत्याका घटना संलग्न भएकोले यस्ता खाले घट्ना निरुत्साही गर्न योग विज्ञानले ठुलो मद्धत गर्ने हुँदा युवाहरुलेनै योग बिज्ञान लाई बिश्वास गर्नु भनेको राम्रो पक्ष भएको छ ।

आफनो स्वास्थ्य स्वस्थ र तनाव मुक्त रहनका लागि योग विज्ञानले ठुलो सहयोग पुर्याउने भएकाले आफु योग बिज्ञानको शिक्षक बन्न लागेको छाँया नाथ रारा नगरपालिका—३ का बेनि खड्का बताउँछन । उनको लक्ष्य योग शिक्षक बनेर आफनो घर देखि वडाका सबै घरमा योग शिक्षा पुर्याउने रहेको बताए ।

बिशेष गरी बरोजगार भएकै कारण आफना उमेरका युवा साथीहरु कुलतमा फस्न लागेकोले त्यस्ता युवाहरु लाई योग शिक्षा दिदै एक असल युवामा परिणत गर्नका लागी योग शिक्षकको प्रशिक्षण लिन लागेको उनले बताए ।

 


  •  
  •  
  •