काठमाडौँ, ६ असार (ओएनएस) : मुगुमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा बढेकाे छ । ६ महिनामाको अन्तरालमा जिल्लामा १ सय ३० जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएकाे जिल्ला स्वास्थ्य कार्यलय मुगले जनाएको छ ।
जिल्ला अस्पताल सहित रातापानी स्वास्थ्य चौकी, श्रीकोट स्वास्थ्य चौकी, जिमा स्वास्थ्य चौकी र पुलु स्वास्थ्य चौकी गरी ५ वटा स्वास्थ्य संस्थामार्फत सुरक्षित गर्भपतन सेवा सञ्चालन भइरहेको जिल्ला अस्पतालले जनाएकाे छ।
६ महिनाको अवधिमा १ सय ३० जनले सुरक्षित रुपमा गर्भपतन सेवा लिइएका आईपास नेपालका कार्यक्रम संयोजक लोक बहादुर विश्वकर्माले बताए ।
मुगुमा असुरक्षित गर्भपतन गराउनु हुदैन, सुरक्षित गर्भपतन गराउनु पर्छ, असुरक्षित गर्भपतनले कतिपय अवस्थामा महिलाको ज्यान समेत जाने जानकारी पाए संगै मुगुका महिला सुरक्षित गर्भपतन गराउन जिल्लामा तोकिएका स्वास्थ्य संस्थामा आई सुरक्षित गर्भपतन गराउने गरेका बिश्व कर्माको भनाई छ ।
९ हप्ता सम्मको गर्भलाई स्वास्थ्य संस्था मार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीले औषिधि मार्फत गर्भपतन गराउने गरेका छन । १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ ।
हाडनाता करणी, बच्चा र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था रहेको अधिवक्ता नविन कुमार श्रेष्ठले बताए । पछिल्लो समय सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा सञ्चालन भएकोले पनि स्वास्थ्य संस्थामा सेवा लिन आउनेको सङ्ख्या बढेको अधिवक्ता श्रेष्ठले बताए ।