लिभिङ टुगेदरका प्रेमीबाट प्रेमिकाकाे हत्या

584
  •  
  •  
  •  

काठमाडाैँ, ३ बैशाख (अाेएनएस) :लिभिङ टुगेदरका प्रेमीबाट प्रेमिकाकाे हत्या भएकाे छ। मृत भेटिएकी महिलाको आफ्नै प्रेमीले हत्या गरेको प्रहरीकाे प्ररम्भिक अनुसन्धानले देखाएकाे छ। हत्याकाे अाराेपमा पर्सा ठोरी घर भई धापासी बस्ने विजय तामाङलार्इ प्रहरीले पक्राउ गरेकाे छ।

आइतबार राति साढे ८ बजेतिर धापासी हाइटको करिडोर सडकमा महिला रगताम्मे अवस्थामा भएको खबर पाएपछि महराजगन्जकाे प्रहरी टोली उक्त ठाउँमा पुगेको थियो ।

मतृक गोरखाकी करिव ३२/३३ वर्षया पूर्णीमा विक रहेकाे प्रहरीले जनाएकाे छ । लिभिङ टुगेदरमा बसेका प्रेमीले प्रेमिका पूर्णीमालार्इ  ढुङगा हनेकाे प्रहरी समक्ष स्वीकारेका छन् ।

उनी मिस्त्री काम गर्थिन् । श्रीमानले छाडेपछि पछिल्लो समय उनीसँगै काम गर्ने पर्सा ठोरी घर भई धापासी बस्ने विजय तामाङसँग नजिकिएकी थिइन् । मिस्त्री काम गर्दै दुवै सात महिनादेखि धापासी हाइटमा सँगै बस्दै आएको खुलेको छ ।

तर, बेलाबेला कोठामा नजाने गरेका कारण पछिल्लो समय पूणिर्माप्रति शंका लागेको विजयले बयान दिएका छन् । आइतबार पनि कोठामा जान आग्रह गरेको तर, नमानेपछि आफूले अवाेगमा अाएर ढुंगाले हानेको प्रहरीसमक्ष बयान दिए।

पुणिर्मालाई ढुंगाले हानेर हिँडेका उनी कोठामा पुगेर खाना पकाएर खाएका थिए । सोमबार बिहान प्रहरीले पक्राउ गरेपछि मात्र उनले पुणिर्माको मृत्यु भएको थाहा पाएको बताएका छन् ।


  •  
  •  
  •