सिलवाल विरुद्ध मुद्दा दर्ता गर्न पुर्व महान्यायाधिवक्ताको दबाब

किन मुद्दा दर्ता गर्न दबाव दिए पुर्व महान्यायाधिवक्ता रमन श्रेष्ठ ?
111
  •  
  •  
  •  

काठमाडौं, १ फागुन (ओएनएस): प्रधानमन्त्री शेरबाहदुर देउवा, मुख्यसचिव लोकदर्शन रेग्मी र प्रहरी महानिरीक्षक प्रकाश अर्यालले पुर्व महान्यायाधिवक्ता रमन श्रेष्ठलाई नवराज सिलवाल विरुद्ध अदालतमा मुद्दा दर्ता गराउन जिम्मा लगाइएकाे स्रोतले बताएको छ।

प्रधानमन्त्री देउवा र मुख्यसचिव रेग्मीको निर्देशनमा प्रहरी महानिरीक्षक आइजिपी अर्यालले आइतबार नै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्न महानगरीय प्रहरी परीसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकलाई आदेश दिएपछि उनी बिदा बसेका थिए । धानुक विदा बसेपछि यो काम पुर्व महान्यायाधिवक्ता श्रेष्ठको जिम्मा लगाईएको स्रोतले बताएको छ ।

सोही जिम्मालाई पुरा गर्न पुर्व महान्यायाधिवक्ता रमन श्रेष्ठ आइतबार र सोमबार दिनभरी सरकारी वकिलको कार्यालय पुगेर आफूले भनेको मान्न भन्दै मुद्दा दर्ताका लागि कर्मचारीहरुलार्इ दबाब दिएको नाम नखुलाउने शर्तमा त्यहा कार्यरत एक कर्मचारीले बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त महान्यायाधिवक्ता श्रेष्ठलाई सिलवाल विरुद्ध मुद्दा दर्ता गराउन अन्तिम अस्त्रका रूपमा देउवाले प्रयोग गर्न लागेको स्रोतले बताएको छ ।

पुर्व महान्यायाधिवक्ता श्रेष्ठको चर्को दबाबको कारण सरकारी वकिल काठमाडौंका सूर्य दाहाल पनि बिदा बसेको स्रोतले बताएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी धानुक र मुद्दा फाँटका प्रमुख बेलप्रसाद पाण्डेले बिनाआधार मुद्दा दर्ता गर्न नसक्ने बताएपछि गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवाले दुवैलाई सरुवा गरी एसएसपी विश्वराज पोखरेल र जनसेवाका प्रहरी नायवउपरीक्षक(डिएसपी) मोहन थापालाई साे ठाउँमा पठाएको स्रोतले बताएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त महान्यायाधिवक्ता रमन श्रेष्ठलाई नै गृहमन्त्रालयले उनकै नेतृत्वमा प्रहरी महानिरीक्षक प्रकरणमा कार्यसम्पादन मूल्यांकनको प्रतिवेदन पेश गर्नलाई पाँच सदस्यीय समिति गठन गरेको थियो ।

किन मुद्दा दर्ता गर्न दबाव दिन पुगे पुर्व महान्यायाधिवक्ता श्रेष्ठ?

सरकारले दुई घण्टा मन्त्रिपरिषद् बैठक रोकेर समिति गठन गरेको थियो । सो समितिले कार्यसम्पादन मूल्यांकन सिलवालकोभन्दा प्रकाश अर्यालको बढी रहेको जनाई प्रतिवेदन दिएको आधारमा अर्याल नियुक्त भएका थिए । सोही आधारमा देउवाले श्रेष्ठसमेत फस्ने भन्दै उनलाई आर्थिक प्रलोभन दिएर मुद्दा दर्ता गर्न परिचालन गरेको स्रोतले बताएको छ।

विश्वराज पोखरेल आइजिपी नियुक्तिको वेला कार्यसम्पादन मूल्यांकन फारम रहने प्रहरी श्रेष्ठ कार्यालयको कर्मचारी प्रशासन शाखाप्रमुख हुन् भने थापा कानुन शाखाका प्रमुख हुन् । पोखरेलले सोही मुद्दामा काठमाडौं परिसरमै पुगेर दुईपटक वयान दिइसकेका छन् । आफै वयान दिने अधिकृतलाई परिसरप्रमुख बनाउँदासमेत अदालतमा मुद्दा दर्ता नहुने अवस्था आएपछि श्रेष्ठलाई प्रयोग गरी जसरी पनि मुद्दा दर्ता गराएर आगामी सरकारले गर्ने छानबिन रोक्ने योजना मुख्यसचिव रेग्मी र आइजिपी अर्यालको छ।

ललितपुर–१ बाट निर्वा्चित सांसद सिलवाल फसाउनकै लागि पोखरेल र थापा काठमाडौं परिसर पठाइए पनि सरकारी वकिल कार्यालयले हदम्याद नलाग्ने मुद्दामा फरार अभियुक्त देखाएर अदालतमा मुद्दा लैजान नमिल्ने बताएपछि पूर्वमहान्यायाधिवक्ता श्रेष्ठ परिचालन भएका हुन् ।


  •  
  •  
  •