प्रहरीलाई घुस दिने युवामाथि सार्वजानिक मुद्दा

40
  •  
  •  
  •  

काठमाडौं, ७ वैशाख (ओएनएस): प्रहरीलाई घुस दिने एक युवामाथि प्रहरीले सार्वजानिक मुद्दा चलाउन भएको छ ।चितवन माडी ४ का २४ वर्षीय गाडी चालक धन बहादुर बिश्व कर्मा माथि घुस दिएको आरोपमा प्रहरीले सार्वजनिक मुद्दा चलाउने भएको हो।

बलम्बु प्रहरी प्रभागद्धारा सइ ललित खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलिले काठमाडौँ चन्द्रागिरी ११ सिप्रदी स्थित सडक खण्डमा चितवनबाट काठमाण्डौ तर्फ आउदै गरेको बा ११ च ५३७० नम्बरको बोलेरो गाडी चेकजाच गर्ने क्रममा चालक विश्वकर्माले प्रहरीलाई घुस दिन खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रभागकी इन्स्पेक्टर शर्मिला
गुरुङ्गले बताइन्।

उनले भनिन्,‘पक्राउ परेका गाडी चालक बिश्व कर्माले डिउटिमा खटिएका प्रहरी टोलिलाई आर्थिक प्रलोभन देखाई प्रहरीकाे काम कारबाहिमा समेत बाधा पुर्याएले उनलाइ पक्राउ गरिएको हो।’

पक्राउ परेका विश्वकर्मालाई सार्वजनिक मुद्दा चलाउनकाे लागि महानगरी प्रहरी बृत्त थानकोट पठाईएको प्रभागले जनाएको छ


  •  
  •  
  •