प्रधानाध्यापक विरुद्ध मुद्दा

23
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर(ओएनएस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवासमेत गरिएको अभियोगमा डोटीका एक प्रधानाध्यापक विरुद्ध मुद्दा दायर गरेको छ ।

अरुणोदय निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज जोशीविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाई शिक्षक पदमा कार्यरत रहेको आरोपमा जोशीले प्राथमिक तह द्वितीय श्रेणीमा बढुवासमेत भई सरकारी लाभ तथा सुविधा लिएको पाइएको आयोगले जनाएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here