जिल्ला अदालत काठमाडौंका खरिदार विरुद्ध मुद्दा दर्ता

17
  •  
  •  
  •  

काठमाडौं, ३० पुस (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौंका खरिदार विदुर पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

डोर खटी बण्डा मुचुल्का बनाउनका लागि उनले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।

केही दिन अघि घुस लिँदै गरेको अवस्थामा खरिदार पोखरेललाई पक्राउ गरेर बिगो असुल गरी हदैसम्मको कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको आयोगले बताएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here