विदेश भ्रमणमा सरकारी ढुकुटीबाट २४ करोड रुपैयाँ खर्च

676
  •  
  •  
  •  

काठमाडौं, ४ असाेज : गत आर्थिक वर्षमा कर्मचारीको विदेश भ्रमणमा सरकारी ढुकुटीबाट २४ करोड रुपैयाँ खर्च भएको छ।

चार हजार ८४६ कर्मचारीको विदेश भ्रमणमा २३ करोड ९७ लाख २५ हजार २२२ रुपैयाँ खर्च भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा गठित वैदेशिक भ्रमण अध्ययन कार्यदलले डेढ महिनाको अध्ययनपछि एक वर्षमा उक्त रकम राज्यकोषबाट खर्च भएको प्रतिववेदन तयार परेको छ।

कार्यदलले आर्थिक वर्ष २०७४/७५ मा कर्मचारीका तर्फबाट भएका वैदेशिक भ्रमणसम्बन्धी अध्ययन गरेको थियो। अाजकाे नयाँपत्रिकामा खबर छ।


  •  
  •  
  •