प्रचण्डले भने– मंसिर पहिलो हप्ताभित्रै प्रदेश र केन्द्रको निर्वाचन

232
  •  
  •  
  •  

Prachanda
पोखरा, २२ साउन (ओएनएस) : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रका निर्वाचन सम्पन्न गर्ने तयारी भइरहेको बताएका छन् ।

उनले यस विषयमा दलबीच छलफल सुरु भइसकेको समेत जानकारी दिएका छन्। प्रेस सेन्टर नेपाल प्रदेश नं ४ ले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मंसिर पहिलो हप्ताभित्रै निर्वाचन गर्न पनि उपयुक्त हुने बताए ।

सोही अवसरमा उनले आफ्नो पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा रहेको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वातित राष्ट्रपति वा प्रमुखबाट मात्रै दशमा राजनीतिक स्थिरता, समृद्धि र विकास सम्भव भएको कुरा सुरुदेखि नै उठाउँदै आएको उल्लेख गरे ।

भरतपुर प्रकरणका बारेमा पत्रकारको जिज्ञासामा बोल्दै प्रचण्डले नेता प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई आरोप प्रत्यारोपमा नउत्रन आग्रह गरे ।


  •  
  •  
  •