प्रधानमन्त्री मोदीलाई भेट्न बलिउड कलाकारको टोली नयाँ दिल्लीमा

37
  •  
  •  
  •  

काठमाडौं । बलिउड कलाकारहरुको एउटा टोली प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न मुम्बईबाट नयाँ दिल्ली पुगेका छन् ।

रणबिर कपूर, रणवीर सिंह, वरुण धवन, आलिया भट्ट, सिद्धार्थ मल्होत्रा, विक्की कौशल, आयुष्मान खुराना, भूमी पेड्नेकर, राजकुमार राव लगायत कलाकारहरु टोली बिहीबार नयाँ दिल्ली पुगेको हो ।

टोलीमा निर्माताहरु एकता कपूर, करण जौहर र महाबिर जैन, निर्देशकहरु आश्विनी तिवारी र रोहित सेट्ठी पनि गएका थिए ।

महावि जैनको नेतृत्तवमा उनीहरु मोदी भेट्न पुगेका हुन् । उनीहरुको भेटघाटको कुनै निश्चित मुद्दा भने नरहेको बलिउड हंगामाले जनाएको छ । जैनले भनेका छन्,‘मलाई यो भेट जुराउन गाह्रो भएन । कलाकारहरुलाई कन्भिन्स गरें र मोदी जीसँग टाइम मिलाउन २० दिन लाग्यो ।’

उनले बलिउड र नव कलाकारहरुलाई राष्ट्र विकासको विषयहरुमा जानकार र सहभागी बनुन् भन्नका लागि उक्त कदम चालेको जनाए ।
‘म चाहन्थे प्रधानमन्त्रीले पनि नयाँ स्टारहरु चिनुन् ।’ सहभागी कलाकारहरुले पनि सामुहिक सेल्फी सेयर गर्दै मोदी भेट्नुको उत्सहा साटेका छन् ।


  •  
  •  
  •