भीडभाँडमा मोवाईल चाेरी गर्ने पकेटमार गिरहाे पक्राउ, १७ थान मोवाईल बरामद(IMEI नम्बर सहित)

IMEI नम्बर सँग मिल्ने माेवाइल कर्ताले परिसरमा समन्वय गर्न अाग्रह
270
  •  
  •  
  •  

काठमाडौं, २७ चैत (अाेएनएस) : सार्वजनिक स्थान र सवारी साधनका साथै भीडभाडमा मोवाईल चोरीसहित पकेटमारकाे एक गिरहाेलार्इ प्रहरीले पक्राउ गरेकाे छ । महानगरीय प्रभाग वलम्वुद्धारा खटीएको प्रहरी टाेलीले गिरहाेमा संलग्न ५ जनालार्इ १७ थान मोवाईल सहित पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा बैतडी  देउमाडौं ५ घर भई काठमाडाैँ चन्द्रगिरी ११ सतुङ्गल बस्ने १७ वर्षीय कबिन्द्र बोहरा, सुनसरी भोटेपुल १६ घर भई काठमाडाैँ चन्द्रगिरी ११ सतुङ्गल बस्ने २९ वर्षीय बिनोद गुरूङ्ग रहेका छन्।

त्यस्तै पक्राउ पर्नेमा सिन्धुली डकाहा २ घर भई काठमाडाैँ चन्द्रगिरी ११ सतुङ्गल बस्ने १७ वर्षीय कान्छा थापामगर साेही स्थानका २० वर्षीय कुमार थापामगर र सिन्धुपाल्चोक मानेश्वर १ घर भई काठमाडाैँ चन्द्रगिरी ११ सतुङ्गल बस्ने ४५ वर्षीय देब बहादुर राउत रहेका छन्।

सार्वजनिक भाडाका सवारी साधन, भिडभाड हुने स्थान, एकान्त सार्वजनिक बाटो तथा प्रतिक्षालयलगायतका स्थानलार्इ लक्षित गरी पकेटमार गिरहाे चाेरी गर्ने गरेकाे महानगरीय प्रभाग वलम्वुकी इन्स्पेक्टर निरिक्षक शर्मिला गुरुङले बताइन्।

बरामद भएकाे माेबाइल र प्रक्राउ परेका ब्यक्तिलार्इ थप अनुसन्धानकाे लागि महनगरीय परिसर काठमाडौमा पठाइएकाे इन्स्पेक्टर गुरुङले बताइन्।

निम्न IMEI नम्बर भएका मोबाईलहरू काठमाडौ परिसरमा रहेको हुँदा IMEI नम्बर मिल्ने व्यक्तिहरूले यस परिसरमा समन्वय गर्न अाउन परिसरका प्रवक्ता डिएसपी माेहन थापाले जानकारी गराए।

  • Samsung Duos 3599450705565210
  • Samsung सेतो 3529560779987914
  • Samsung 352975071957028 / 353000071957024
  • Samsung GTS Seto 355545050696959
  • Samsung J2 355316073861669/ 355317073861667
  • Lenov 866821026307248
  • Lenov 355729048909712, 355729048940717
  • Lenov 863446032119134/86344
  • 6032119142Colors सानो
  • 354601090024735 Nokia 359965056151385
  • Intex 941494000430705/ 911
  • 494000430713 Sony C2 3580990572
  • 37778, Sony C2 2305 – 353267061876619
  • Tecno 352511097101125/ 352511097101133
  • Nokia 355156066199912/ 355156069889914

  •  
  •  
  •