मधेशी चिकित्सक संघले पनि दियाे डा. केसीलार्इ साथ, अब के गर्ला सरकार ?

‘डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकारले पहल गर्नुपर्छ’
67
  •  
  •  
  •  

काठमाडाैं, २८ असार (अाेएनएस) : मधेशी चिकित्सक संघले चिकित्सा स्वास्थ्य क्षेत्रको सुधारका लागि वर्षौदेखि आन्दोलनरत डा. गोबिन्द केसीको अनशनप्रति सर्मथन जनाउँदै सरकारलार्इ माग सम्बाेधन गर्न अाग्रह गरेकाे छ।

बिहिबार काठमाडाैँमा पत्रकार सम्मेलन गर्दै संघले डा.केसीको जीवन रक्षाको निम्ति अपिल गर्दै माग सम्बाेध गर्न अाग्रह गरेकाे हाे।

संघका प्रवक्ता डा. विनय पञ्जियारले माथेमा आयोगको सुझाव प्रतिवेदनमाथि अहिले आएर प्रश्न चिन्ह खडा भैसकेको बताउँदै उक्त प्रतिवेदनलाई पूनरावलोकन गरिनुपर्ने माग समेत गरे ।

उनले भने,‘सरकारले अब उपत्यकाभन्दा बाहिर मेडिकल कलेज खोल्ने बाटो खोलिदिनुपर्छ, यसमा अनशनरत डाक्टर केसीले पनि विरोध गर्नुहुँदैन, कि त सरकारले आफ्नै लगानीमा सुपर स्पेसियालिटीसहितका अस्पताल खोलिदिनुपर्छ,

नेपाल मेडिकल काउन्सिल र विश्वविद्यालयहरुको मापदण्ड पूरा गरेका मेडिकल कलेजहरुलाई ढिलो नगरी सम्बन्धन दिनुपर्छ ।’

डाक्टर केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गइहेको बताउँदै उनले केसीको जीवन रक्षाको लागि सरकारले गम्भीरताका साथ कदम चाल्नुपर्ने माग गरे ।


  •  
  •  
  •