शृंखलालाई जिताउन २४ जनाको टोली चीन प्रस्थान

483
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर(ओएनएस) । मिस वल्र्ड फाइनल कार्यक्रममा सहभागी हुन शृंखला खतिवडाको परिवार बिहीबार चीन प्रस्थान गरेको छ ।

शृंखला मिस वल्र्ड उपाधिको प्रमुख दावेदारका रुपमा रहेकी छन् । मिस वल्र्ड २०१८ को फाइनल शनिबार चीनको सान्या सहरमा हुँदैछ ।

मिस वल्र्ड नेपाल २०१८ बन्दै मिस वल्र्ड सहभागिता जनाएकी शृंखलालाई जिताउन परिवारसहित २४ जनाको टोली चीन प्रस्थान गरेको हो ।

चीन प्रस्थानको समय सञ्चारकर्मीसँग त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुरा गर्दै बुबा विरोध खतिवडाले शृंखलाले नेपालको शिर उच्च पार्न सफल भएको भन्दै खुसी व्यक्त गरे ।

शृंखला आमा मुनु सिग्देलले शृंखलाको हौसला बढाउन टोली चीन हिंडेको बताइन् ।


  •  
  •  
  •