बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

नेपाली क्रिकेटका धरोहर शाह रहेनन्

Jayakumar-nath-shah-

काठमाडौं, २१ भदौ (ओएनएस) : नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी जयकुमार नाथ शाहको बुधबार निधन भएको छ ।

लामो समयदेखि मुटु रोगबाट ग्रसित ८९ वर्षीय शाहको उपचारकै क्रममा बिहान १० बजेर २० मिनेटमा नर्भिक अस्पतालमा मृत्यु भएको हो । एक साताअघि निवासकै बाथरुममा लडेर टाउकोमा चोट लागेपछि उनलाई नर्भिक अस्पताल पुर्याुइएको थियो ।

शाहले २०२२ सालदेखि नेपाल क्रिकेट संघको नेतृत्व संहालेका शाहले लगातार ४० वर्ष क्यानको अध्यक्षमा आसिन रहे । उनकै पालामा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय सहभागिता सुरु गरेको थियो ।

अहिले नेपाल क्रिकेट संघ आइसीसीको निलम्बनमा परेको छ । यसैबीच नेपाल क्रिकेट संघ क्यानले बिज्ञप्ति जारी गरी संघका पूर्व अध्यक्ष तथा एसीसीका पूर्व उपाध्यक्ष शाहको निधनमा शोक प्रकट गरेको छ ।

Comments are closed.

'
Scroll To Top