श्रृंखला खतिवडाले दुइ ठुला अवार्ड हात पार्दै पुगिन् मिस वर्ल्ड २०१८ को फाइनलमा

39
  •  
  •  
  •  

काठमाडौं, मंसिर(ओएनएस) – मिस नेपाल श्रृंखला खतिवडाले दुइ ठुला अवार्ड हात पार्दै मिस वर्ल्ड २०१८ प्रतियोगिताको फाइनलमा पुगेकी छन्।

श्रृंखलाले मल्टिमिडिया फाइनालिस्टमा केन्या र मेक्सिकोलाई हराउँदै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन्। त्यस्तै उनले ‘ब्युटी वीथ अ पर्पज’को अवार्ड पनि हात पार्न सफल भएकी हुन्।

श्रृंखला आधिकारिक रुपमा मिस वल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भइन्। यसअघि मिस सिंगापुर पेह विजेता बन्दै अन्तिम ३० का लागि छानिएकी थिइन् । तर शृङ्खलाका लागि अन्तिम ३० मा पर्ने बाटो भने सकिएको थिएन।


  •  
  •  
  •