मिस वर्ल्ड २०१८ को उपाधी मेक्सिकोकी वानिसालाई

35
  •  
  •  
  •  

काठमाडौं, २३ मंसिर(ओएनएस) । मिस वर्ल्ड २०१८ को उपाधी मेक्सिकोकी वानिसा पोन्सले हात पर्न सफल भएकी छिन् ।

चीनको सान्यामा भएको मिस वल्र्डको फाइनलमा थाइल्याण्डकी निकोलिन लिम्सनुकनलाई पछिपार्दै मेक्सिकोकी सुन्दरी पोन्सले उपाधी जितेकी हुन् । मिस वर्ल्ड २०१७ कि बिजेता भारतीय सुन्दरी मानुसी सिल्लरले पोन्सलाई ताज पहिराएकी थिइन् ।

अन्तिम पाँचमा मिस वर्ल्ड युरोपको उपाधि सहित बेलारुसकी मारिया वासिलेबिच, मिस वर्ल्ड अमेरिकाको उपाधिसहित मेक्सिकोकी वानिसा पोन्स, मिस वर्ल्ड अफ्रिकाको उपाधिसहित युगाण्डाकी क्विन एवेनाक्यो, मिस वर्ल्ड क्याराबियनको उपाधिसहित जमाइकाकी कादिजा रोविन्सन र मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्दै थाइल्याण्डकी निकोलिन लिम्सनुकनले आफूलाई सुरक्षित गरे ।

यता, मिस नेपाल शृखला खतिवडाको मिस वर्ल्ड यात्रा भने शिर्ष १२ मै टुंगिएको छ ।


  •  
  •  
  •