मिस मंगोलले ५० लाखको छात्रवृत्ति कोष स्थापना गर्ने

12
  •  
  •  
  •  

काठमाडौं, १९ मंसिर (ओएनएस) । ‘मिस मंगोल– २०१८’का विजेताहरुले छात्रवृत्ति कोष स्थापना गर्ने भएका छन् ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै विजेता जाङमु शेर्पा, फस्ट रनरअप प्रीति गुरुङ र सेकेन्ड रनरअप पुनम शेर्पाले संयुक्त अभियानको रुपमा ५० लाखको शैक्षिक छात्रावृत्तिको घोषणा गरेका हुन् ।

विद्यालय बाट बन्चित बालबाबालिकालाई पढाउने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गरिएको बताइएको छ । छात्रावृत्तिको रकमबाट एसइइसम्म पढाउने उनीहरुको योजना छ ।

वार्षिक १० भन्दा बढी बालबालिकालाई पढाउने लक्ष्यका साथ शुरु गरिएको मिस मंगोल नेपाल २०१८ की विजेता जाङमु शेर्पाले बताइन् ।

पत्रकार सम्मेलनमा फस्ट रनरअप प्रीति गुरुङले कोषलाई पारदर्शी र विश्वव्यापी बनाउन बेभसाइट निर्माण गरी सबै जानकारी राखिने जानकारी दिइन् ।

अर्की अभियन्ता एवं सेकेन्ड रनरअप पुनम शेर्पाले कोषमार्फत विद्यालय जान नपाएका बालबालिकाले पढ्न पाउने बताइन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here