बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

विद्युत वक्यौता नतिरे राष्ट्रपति, प्रधानमन्त्रीको क्वार्टरसमेत छोडिदैन : उर्जामन्त्री

‘कुलमानसंग मनमुटाव छैन’

minister shahi
काठमाडौं, १४ भदौ (ओएनएस) : उर्जामन्त्री महेन्द्रबहादुर शाहीले १० दिनभित्र विद्युत महसुल वक्यौता नतिर्ने जो कोहीलाई नछोड्ने घोषणा गरेका छन ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शाहीले १० दिनभित्र विद्युत महसुल बक्यौता नतिरे राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्रीका क्वार्टर र कार्यालयको पनि लाइन काटिने घोषणा गरे ।

मन्त्री शाहीले भने,‘मन्त्रालयले विद्युत वक्यौता नतिर्ने जो कोहीलाई कार्वाही गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘कर्मचारीलाई निर्देशन दिएको छु, उहाँहरुले सक्नु भएन भने म आफै मैदानमा गएर काट्छु ।’

सोहीअवसरमा बोल्दै मन्त्री शाहीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आफूबीच कुनै पनि मनमुटाव र द्धन्द नभएको स्पष्ट पारेका छन् । कुलमानलाई हटाउन लागिएको हल्लामा कुनै सत्यता नभएको भन्दै उनले आफूहरु मिलेर विद्युत उत्पादन वितरण र उज्यालो अभियानमा जुटिरहेको बताए ।

भरखरै कर्णालीका विभिन्न स्थानको स्थलगत भ्रमण गरेर फर्किएको जानकारी गराउँदै मन्त्री शाहीले कर्णाली नदीलाई विद्युत पर्यटनको रुपमा घोषणा गर्ने योजनामा लागेको जानकारी दिए ।

माथिल्लो कर्णाली विद्युत परियोजनालाई जग्गा उपलब्ध भएको र ३५ दिनभित्र काम सुरु नगरे सम्झौता रद्ध हुने समेत उनले स्पष्ट पारे । उनले नेपालका खोलामा झोला बोकेर हिड्नेहरुले विद्युतको नाममा धेरै कमाएको उल्लेख गर्दै आगामी ३५ दिनभित्र जिम्मा लिएका परियोजनाहरु यथाशिघ सुचारु नगरे सिधै सम्झौता रद्ध गर्ने चेतावनी दिए ।

मन्त्री शाहीले विद्युत प्राधिकरणका केही कर्मचारीले आफ्नो हैसियतलाई चिन्न नसेको कारण जनतालाई सबै किसिमका सुविधा दिन नसकेको भन्दै समाजलाई सभ्यता सिकाउनको लागि सरकारी कर्मचारी सबै भन्दा पहिले कर्तव्यवान र अनुशासित हुनुपर्ने बताए ।

नयाँ विद्युत उत्पादनका कामहरु देशैभर अघि बढेका र केही परियोजनाहरुको काम सुरु भैसकेको बताउँदै मन्त्री शाहीले यहि ढंगबाट विद्युत उत्पादनको काम बढेर समयमै परियोजना सम्पन्न भएमा एक वर्षभित्र भारतबाट आयात गरिने विद्युत पूर्ण रुपमा कटौति हुने दावी गरे ।

मन्त्री शाहीले नेपाल दक्षिण एसियामै सबैभन्दा बढी विद्युत चुहावट हुने मुलुकको सूचिमा रहेको र यसको लागि अहिलेसम्म भएका सरकारी प्रयास पूर्ण प्रभावकारी हुन नसकेकोले आफूले निजी क्षेत्रसँगको सहकार्यमा विद्युत चुहावट अन्त्य गर्ने योजनासहित काम गरिरहेको सुनाए ।

विद्युत प्राधिकरण निरन्तर घाटामा गएको भन्दै प्राधिकरणलाई फाईदामा लिनको लागि मन्त्रालयले हर कोसिस गरिरहेको बताए ।

Comments are closed.

'
Scroll To Top