फेरि बदलियो मौसम

हिमाली भेगमा हल्का हिमपातको सम्भावना
20
  •  
  •  
  •  

काठमाडौं, २८ माघ(ओएनएस) : तीन दिनदेखिको वर्षा र हिमपात रोकिएर आइतबार केही खुलेको मौसम सोमबार पुन बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकासहित देशका विभिन्न भेगमा मौसम बदली भएको छ ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज विशेषगरी पश्चिमको पहाडी क्षेत्रमा वर्षा तथा उच्च पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको छ ।

काठमाडौंमा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बासीको भनाइ छ ।  देशको मध्य र पूर्वी क्षेत्रमा भने आज वर्षाको सम्भावना छैन तर मौसम बदली भने धेरैजसो ठाउँमा हुने सम्भावना रहेको छ ।

यस्तै महाशाखाले आगमी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलि रहने र बाँकी भुभागमा आंशिक बदली रहनेछ । उच्च पहाडी भेगका १–२ स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति देशको पश्चिमी र मध्य भु–भागमा आंशिक बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै मंगलबार दिउँसो देशको पश्चिमी भु–भाग साथै पुर्व र मध्यका पहाडी भु–भागमा आंसिक बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंगलबार राति देशको पश्चिमी भु–भागमा आंशिक बदलि रहनेछ भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै बुधबार दिउँसो देशको पश्चिमी भु–भाग साथै पुर्व र मध्यका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । राति देशभरी आंशिक देखि सामान्य बदली रहनेछ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here