बाणिज्य मन्त्री यादवले भने-‘कृषि प्रधान मुलुकमा बाहिरबाट मगाएर खानु दुर्भाग्य’

31
  •  
  •  
  •  

काठमाडौं, २७ भदाै (अाेएनएस) : उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका यादवले कृषि प्रधान मुलुकमा खाद्यबस्तु बाहिरबाट मगाएर खानु दुर्भाग्यपूर्ण भएकाे बताएका छन्। साल्ट ट्रेडिङ कर्पोरेशनको ५६ औं बार्षिकोत्सव समारोहलाई बुधबार काठमाडौमा सम्बोधन गर्दै मन्त्री यादवले यस्ताे बताएका हुन्।

उनले कृषि प्रधान मुलुकमा सवै खाद्यबस्तु बाहिरबाटै मगाएर खानुपर्ने अवस्था भएकाेले देश अार्थिक रुपमा साेचे जस्ताे फड्काे मार्न नसकेकाे जिकिर गरे। उनले यसबारेमा सवैपक्षबीच छलफल गरेर अगाडी बढे देश छाेटाे समयमै अार्थिक फड्काे मार्न सकिने बताए।

मन्त्री यादवले ठुलो मात्रामा खाद्यबस्तु आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको भन्दै त्यसका लागि सवैको सहयोग अनिवार्य रहेको धारणा राखे ।

‘सम्बृद्ध नेपाल सुखी नेपालीको नारा अहिले चलिरहेको छ । यसका लागि सरकारले गरेरमात्रै हुदैन सवै एकजुट भएमात्रै सम्भव हुन्छ’ मन्त्री यादवले सम्बोधनका क्रममा भने, ‘एउटै घरमा कहिलेकाहीं ठाकठुक पर्छ, मजदुर साथीहरुले सरकारी काम कहिले जाला घाम जस्तो गर्नुहुन्न । सेवामुलक ढंगले काम गर्नुपर्छ । सरकारले गर्नुपर्ने सहयोग गर्न तयार छ ।’


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here