मेरो आग्रह विन्ति छ !

104
  •  
  •  
  •  

 

येंदे, नेपाः मण्डल काठमाडौं
शहीदहरुको सपना रे
नेताहरुका विपना बनेको
अहिले विशाल नेपालको खण्डखण्डमा विभाजित
तिम्रो र मेरो भावना उद्धेलित छ ।

 

मीरा राजभण्डारी अमात्य

म गम्दै छु,
इतिहास तिर नियाल्छु
मेरो र हाम्रो नेपाःहाम्रो नेपाल
परिवर्तित यीनाम र भुगोल भित्र
यो नेपाल, साझा फुलबारी भनाउनु र गराउनु
पहिले के कांढा र सिस्नाको बारी थियो र ?

हो,
हामी शहीदको वर्गमा दरिन्छौं
शहीदले सिंचेको मेरो र हाम्रो नेपाः दे,
धर्मभक्त माथेमा, दशरथ चन्द शु्क्रराजहरु

अनि
गंगालालहरुका रगतका टाटा झुल्के घामले पनिअझैँ सुकेको छैन ।
चिनियालालहरु खुइय गर्दै,
आलीमा अझैँ शहीदका सपनाका घुनहरु बुन्दै देख्छु,
कठै हामी शहीदका सन्ततीहरु
अझैपनि शहीद बन्दै
कहिले सार्क विस्तारमा त कहिले सडक विस्तारमा
आफ्ना थातथलो
मुटु भरी भरी बोक्दै
लालार बालाबोकेर विस्थापित हुँदाको व्यथा
तिमीलाई भेउ सम्म छैन ।

कठै
फाष्ट ट्रयाक र अधिग्रहण हरुले
हाउजींग र कम्लेक्स मा रुपान्तरित बनेको
नेपालीहरुका सपना,
कहिले पानीपोखरी नारायण हिटी हुँदै
बालाजु कमलपोखरी कलंकी
नैकाप नागढुंगाबाट

खै त
लिलबहादुरको बसाईं
त्यो लामो कथा
लामो लामो कथा जस्तै
नतउपन्यास बन्यो
नतइतिहास बन्यो

मेरो नेपाः मण्डल,
मेरो विशाल नेपाल दिने
नेपाः मण्डल
कहिले कान्तिपुर काठमाडौंमा कलिउड् हुँदै
के के जाति हो,
हो नाम पनि विर्सन थालें
अहिले बेनामबनेको छ,
हिजो भ्र्याकेंँ बन्ने टुकंचा साकेचाका खेतखलिहान
अहिले नयाँ सभ्ययताको विम्बबन्दै छ

आहा …त्यो स्वाद
अजिले
भुक्लुक्क उमालेको भ्र्याकेँ
गुन्द्रुक ।
अलिकता मुस्या, छ भने थोरै सुकुला र दाःमिसाएको
थोरै इमुः र जीझान्दै
त्यो हरहराउँदो भान्छाको वासना
मेरो अजी
हाम्रो अजी जस्तै
अहिले अनन्तमाविलाएको छ,
साँच्चिकै
खेतखलिहान नेपाः मण्डल
अजि जस्तै क्रमस विलाएको छ ।

नेपाःदे : नेपा मण्डल
मन्दिर देगहरुको देश
भाषा सँस्कृति र सभ्यताको देश
भनौं साँच्ची ?
अझैँ यो मण्डल
किरांतगोपाल लिच्छवी मल्लहुँदै शाह र शहीदहरुको देश
ट्याक्कै भन्नु पर्दा
त्यो भन्दा बढी त
मात्र शहीदहरुको देश
लार्खौ नेवाःहरुका सपना शहीद भएको देश

उहिले,
न्युर्योकमा सभ्यता
जंगल आदिवासी मासिमितथियो
नेपा मण्डल जो छिर्‍याे त्यो नेवा बन्यो
के बाहुन के क्षेत्री र मधेसी जनजाति राई लिम्बु
त्यो नेपाःमी बन्यो
खोइ त तिमीले इतिहास पढेको
तिम्रो मानवताभित्र
म नेपाः मण्डलको गन्ध देख्दिन
हो मुक्तिसेना, पिस्कर काण्ड सुखानी

सबै सबै
दशवर्षे सशस्त्र द्वन्द्व खेप्यो
नेपामीले
भन्नलाई त एउटै मालाउन्नको लागि रे
सबैलाई नेपामी नेपाली बनाउनको लागि रे
शहीद भीममल्लहरु
र भिमसेनहरु
अनि शहीद गंगालाल धर्मभक्तहरु
शुक्रराजशास्त्रीको विद्धता ति सबै
नेपामी जोड्नका लागि नै थियो
नेपालीहरुलाई नेपाली बनाउनकै लागि थियो ।
इतिहास साछी छ, भलभद्रहरु
त्यसै विस्थापित भएनन्,
अमर सिंहको गोसाईंकुण्ड निर्वासन
नेपाःमीको सपना थिएन
हिजोको चुपिंघाटमा बगेको रगत
तिमीले भन्यौँ
नेपाःमीको हितकै लागिथियो,
आधुनिक नेपामा
तेह्रहजार शहीद
त्यो बेनामी शहीद
न्हुं नेपाः
नयाँ नेपाल हुँदै
यो नेपाः मण्डलमा बगेको रगत

तर खोई कतै
मबलिदानीको नाम भेट्दिन
कठै
मेरा शहीदका सपना
केवल सपनामै समित
देख्छु
शहीदहरुका लर्कोमा
फागुन ७ मा गरिएका बाँचा ।

हुँदाहुँदै

छ्यालिस र त्रिसट्ठी मंसिर पाँचहुँदै
बासठी त्रिसट्ठीको आन्दोलनसँगै
चकलेटी भाकामा
उन्मुक्तिका सपनाहवाला दिँदै
मेरा शहीद
म नेवा म नेपाःमीका सपना
अहिले विस्थापितमा दरिएको छ ।

तर
मेरो बिन्ती यो आग्रह छ
हे नव नेपाःमी वासिन्दा
ने नव सामन्त सर्वसत्तावादीहरु
हिजो विफरको कहरमा विस्थापित
नेपाःमीहरु
कहिले शहर सडक विस्तारमा विस्थापितहरु
अब अवषेश रहेका
त्यो नेपाःमी
त्यो संस्कार संस्कृति सम्पदा
केहीलाई त
छोड

म वाचा गर्छु
तिम्रै खान्कीको बन्दोबस्तीका लागि
नेपाःमीहरु
नेवाःमीहरु
विशाल नेपाल मण्डलका
पुस्तापुस्तैनिका
इतिहास, धर्म संस्कृति र समपदा जोगाउँदै
तिम्रा लागि दुहुनो बनि रहनेछन्
फगततिम्रो लागि
मात्र तिम्रो लागि
लाखे कुमारी र झ्यालिंचा र पुलुकिसी
बन्दै नाच्दै
येंया पुन्हीवाइन्द्र जात्रा
अनि थपविस्केट जात्रा र मछिन्द्र नाथजात्रा
म तिम्रो स्वागतका तयारीमा जुटी रहनेछन्
यो निरन्तरताहो हिजो आज र भोलीको
यथावत रहने वाचा म गर्छु
अझ थप
हिजो बलभद्र, भक्तीथापा भीममल्ल र
धर्मभक्त माथेमा, गंगालाल जस्तै
तिम्रो सत्ता
सर्वसत्ता सुरक्षित गर्न
पटक पटक शहीद बनिरहने छन् ।

के थाहा
त्यो नदेखिएको भविश्य
न अनुमानमा छ,
भोलिका शहीद दस्ता
तिम्रा लागि
यो नेवाः मण्डल
यो नेपाः मण्डल
अनी नेपाःमी
तिम्रो नुनको सोझो गर्न
अर्पित हुनेछ
तिम्रो सर्वसत्ता र शक्तिविस्तार गर्न
बलिदान बन्नेछ ।

त्यसैले मेरो आग्रह विन्ती छ
यो शहीदहरुको जमात नेपाः नेवाः मण्डललाई
जिवन भुगोलदान गर्नु ।

तिम्रा लागि,
तिम्रो सत्ता सुरक्षित गर्न
तिम्रा लागि सुली चढेर
हरदम शहीद बनी रहनेछ
त्यसैले मेरो आग्रहविन्ती छ ।

(amatyameera@gmail.com)


  •  
  •  
  •