निर्वाचनको सुनिश्चितताका लागि सरकार नछाड्ने माओवादी निर्णय

389
  •  
  •  
  •  

काठमाडौं, २८ असोज–नेकपा (माओवादी) केन्द्रले आसन्न निर्वाचनको सुनिश्चितताका लागि भएपनि सरकार नछाड्ने निर्णय गरेको छ।

प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सहभागी गराएपछि बाहिरिने वा सरकारमै बस्ने भन्ने विषयमा छलफल गर्न शनिबार बसेको माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठकले सरकारलाई दिएको समर्थन यथावत् राख्ने र मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको हो।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा भइसकेकाले निर्वाचन गराउनै भएपनि सरकारबाट नबाहिरिने निष्कर्ष निकालिएको जानकारी दिइन्। ‘निर्वाचनको सुनिश्चितताका लागि भएपनि हामी सरकारमै बस्छौं,’ उनले भनिन्।

प्रधानमन्त्री देउवाले सरकार विस्तारबारे छलफल नै नगरेको उल्लेख गर्दै भुसालले भनिन्, ‘नवनियुक्त मन्त्रीलाई के जिम्मेवारी दिने भन्ने समस्या हाम्रो होइन।’

निर्वाचन गराउने तथा संविधान कार्यान्वयन गराउने दायित्वका साथ सरकार गठन भएको ठहर गर्दै माओवादीले सो कार्यभारबाट विमुख हुन नहुने निष्कर्ष निकालेको छ।


  •  
  •  
  •