माओवादीद्वारा आज नै सरकारमा मन्त्री पठाउने तयारी

43
  •  
  •  
  •  

काठमाडाैँ,८ फागुन (ओएनएस): एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रले आज नै पार्टीको तर्फबाट मन्त्री पठाउने तयारी गरेको छ।

मंगलबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘म काठमाडौं फर्किएर आजै पार्टीका तर्फबाट केही मन्त्री सरकारमा पठाउँछु।’

पार्टीका तर्फबाट ओली नेतृत्वको सरकारमा कसको नेतृत्वमा जाने भन्ने कुरामा विभिन्न नेताहरुको नाम चर्चामा आएपनि अन्ततः माओवादीले पार्टीका वरिष्ठ नेता बादलको नेतृत्वमा केही मन्त्री सरकारमा जाने बताइएको छ।

माओवादी उच्च श्रोतका अनुसार पार्टीका वरिष्ठ नेता एवं राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा ओली सरकारमा माओवादीका केही मन्त्री आजै सरकारमा सहभागी हुने छन्। सरकारमा वादलको नेतृत्वमा माओवादी केन्द्र सहभागी हुने निर्णय भए पनि पार्टीका तर्फबाट को को सहभागी हुँदैछ भन्ने बारे नाम अहिलेसम्म खुलाइएको छैन । तर यस विषयमा पार्टीमा सहमति भइसकेको बताइएको छ।


  •  
  •  
  •