मन्त्रीलार्इ लक्षित गर्दै बाटाेमा प्रेसर कुकर छाडेर भागे अज्ञात व्यक्ति

278
  •  
  •  
  •  

काठमाडौं,२९ साउन (ओएनएस) : मन्त्रीलार्इ लक्षित गर्दै बाटाेमा प्रेसर कुकर छाडेर अज्ञात व्यक्ति फरार भएका छन्। ललितपुरको कुपण्डोलमा उक्त प्रेसर कुकर फेला परेको हाे । प्रेसर कुकर स्थान मन्त्रीनिवास पुल्चोकबाट सिंहदरबारतर्फ जाने बाटोमा पर्छ । यही बाटो हुँदै मन्त्रीहरू दैनिक क्वाटरदेखि सिंहदरबार आवतजावत गर्ने गर्छन् ।

शंकास्पद् वस्तु भेटिएपछि प्रहरीले तत्काल यातायात आवागमन बन्द गरेर सुरक्षा सतर्कता अपनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार अपरिचित व्यक्तिले ज्वागलस्थित व्यस्त सडकमा प्रेसर कुकर छाडेर भागेका थिए ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निस्क्रिय गरेको छ । अहिले यातायात सुचारु भएको छ ।यसअघि विहान भक्तपुरको लोकन्थलीमा शंकास्पद वस्तु फेला परेकाे थियाे ।विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका क्रममा आज ठाउँठाउँमा बम तथा शंकास्पद बस्तु भेटिएका छन् ।


  •  
  •  
  •