बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

मनिता बनिन् वर्षको उत्कृष्ट युवा खेलाडी

Manita-Shrestha-Pradhan-
काठमाडौं, २६ भदौ (ओएनएस) : जुडोकी मनिता श्रेष्ठ प्रधान वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएकी छन् । पल्सर स्पोर्ट्स अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै उनी उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन् ।

यो अवार्डका लागि मनितासँगै क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली मनोनयनमा परेका थिए ।

मनिताले ११ औं एसियाली क्याडेट तथा १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् ।

यस्तै, उत्कृष्ठ प्रशिक्षकमा एथलेटिक्सका पुष्पराज ओझा घोषित भएका छन् । यो अवार्डका लागि ओझासँगै फुटबलका ग्योतोकु कोजी र मेघराज केसी, क्रिकेटका जगत टमाटा र ब्याडमिन्टन किरण थापा पनि मनोनयनमा परेका थिए ।

Comments are closed.

'
Scroll To Top