म्यानचेस्टर सिटीको सानदार जित, शिर्ष स्थान कायमै

13
  •  
  •  
  •  

१९ कात्तिक: इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले साउथह्याम्पनमाथि ६–१ को जित निकालेको हो । सिटीको जितमा रहिम स्ट्रलिङ २ गोल गरे भने सर्जियो अग्विरोले,डेभिड सिल्भा र लिरोए सानेले समान १–१ गोल गर्न सफल भएका थिए । एक गोल भने सिटीले आत्मघाती उपहार पाएको थियो ।

खेलमा पहिलो गोल साउथह्याम्पटनका वेस्ली होइड्टले आत्मघाती गरेका थिए । खेलको छैटौं मिनेटमा वेस्लीको आत्मघाती गोल गरेसँगै सिटीले अग्रता लिएको थियो । यस्तै खेलको १२औं मिनेटमा अग्विरोको गोलबाट सिटीले अग्रता दोब्बर पारेको थियो ।१८औं मिनेटमा डेभिड सिल्भाले गोल भने ३०औं मिनेटमा साउथह्याम्पटनका ड्यानीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएका थिए । पहिलो हाफको इन्जुरी समयमा रहिमले गोल गरेपछि सिटीले पहिलो हाफमा ४–१ को फराकिलो अन्तरले अग्रता लिएको थियो ।

सिटी दोस्रो हाफमा पनि अक्रमक देखिएको थियो । सिटीले दोस्रो हाफमा २ गोल गर्न सफल भयो । खेलको ६७औँ मिनेटमा रहिम स्ट्रलिङ गोल गर्दै ५–१ को अग्रता दिलाए भनि अन्तिम समयमा लिरोए साने गोल गर्दै सिटीलाई ६–१ को जित दिलाएका थिए ।

जितसँगै सिटीको ११ खेलबाट २९ अंकका साथ शिर्ष स्थान कायममै राखेको छ । दोस्रो स्थानको चेल्सीको २७ अंक छ भने सिटीसँग पराजित साउथह्याम्पटन ७ अंकसहति १६औं स्थानमा छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here