मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत

30
  •  
  •  
  •  

काठमाडौं, २१ पुस(ओएनएस) : मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत गरिएको छ ।
खानेपानी सचिव गजेन्द्र ठाकुरका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकमा रहेको ठेकेदार कम्पनीको खाताबाट ९५ करोड रुपैयाँ सरकारी खातामा जम्मा गरिएको हाे ।

ठेकेदार कम्पनी पुनः काम गर्न आउला भन्ने आशा भइरहेका बेला धरौटी जफत हुँदा मेलम्ची खानेपानी आयोजना निर्माणमा अन्योलतातर्फ छाएको छ ।
खानेपानी सचिव र आयोजना प्रमुखले समयमै भुक्तानी गरेको भए मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सीएमसीले आगामी माघ २७ गते मेलम्ची खोलामा अस्थायी बाँध बाँधेर काठमाडौंमा पानी ल्याउने तयारी थालेको थियो ।
तर, खानेपानी सचिव र आयोजना प्रमुखका कारण ठेकेदारले पाउनुपर्ने कानुनी रकम ३६ करोड रुपैयाँ नदिइएपछि आयोजनाको काम अन्योलता तर्फ धकेलिएको हो ।


  •  
  •  
  •