बिहीबार, फागुन १९, २०७३ | Thursday, March 02, 2017
न्युज अपडेट

शिक्षामा बेथितिः ८ शिक्षकमध्ये ३ मात्र उपस्थित, प्रअ दुई महिनादेखि अनुपस्थित

महोत्तरी, १४ पुस (अाेएनएस) : महोत्तरी जिल्लामा रहेका सामुदायिक प्राथमिक विद्यालयमा नियमित अनुगमन नहुँदा अनियमितता बढ्नुका साथै नियमित पठनपाठन समेत नहुने गरेको पाइएको छ ।

सञ्चारकर्मीसहितको टोली रधुनाथपुर गाबिस १ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पुग्दा कक्षा ५ मा ३ जना विद्यार्थी मात्रै भेटिए । ३ सय विद्यार्थी रहेको राष्ट्रिय प्राविमा जम्मा २५ विद्यार्थी भेटिए । ८ शिक्षकमध्ये बाल विकास केन्द्रका २ सहयोगी कार्यकर्ता तथा १ शिक्षक संजय यादव मात्रै भेटिएको पत्रकार दशरथ भण्डारीले बताए ।

स्थानीयका अनुसार प्रधानाध्यापक उद्ववप्रसाद यादव विद्यालयमा दुई महिनादेखि अनुपस्थित छन् ।
शौचालय निर्माण भइसकेको दावी गरिएपनि त्यहाँ त्यसको उत्तोपत्तो देखिएको छैन । जिल्ला शिक्षा कार्यालय महोत्तरीले शौचालयका लागि ४ लाख रुपैयाँ निकासा दिएको थियो । विद्यालयसँगै टाँसिएर मदिरा पसल समेत रहेको छ ।

त्यस्तै जलेश्वर नगरपालिका १७ अनकारस्थित जीवन माध्यमिक प्राथमिक विद्यालयमा दलित र अल्पसंख्यक समुदायका अभिभावकलाई जानकारी नै नदिई व्यवस्थापन समितिको गठन गरेको भन्दै बिरोध जनाएका छन् । कानुन बमोजिम समिति गठन गर्न दबाब दिँदै अभिभावकले जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएका छन् । जिल्ला शिक्षाले छानबिन गरिरहेको जनाएको छ ।

Comments are closed.

'
Scroll To Top