नेवि संघका अध्यक्ष महरले राजीनामा दिने

12
  •  
  •  
  •  

काठमाडौं, २८ माघ(ओएनएस) : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राजीनामा दिने भएका छन् ।

पार्टीले नेविसंघको तदर्थ समिति गठन गर्ने भएपछि महरले राजीनामा लिन लागेका हुन् ।  पार्टीबाट नै राजीनामा दिन दबाब बढेपछि महरले राजीनामा दिन लागेको बताइएको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठकले तदर्थ समिति गठन गर्ने तयारी गरेको थियो । पार्टी सभापतिलाई केन्द्रीय समितिको बैठककै बीचमा राजिनामा बुझाउन लागेको बताइएको छ ।

नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय समिति भंग गर्नका लागि केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक राखिएको छ ।

नेविसंघमा ३२ वर्षे उमेर हद लागू गरी तदर्थ समिति बनाउन लागिएको छ । संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तर्दथ समितिमा जोड दिएपछि वर्तमान कार्य समिति भंग हुन लागेको हो ।

कृष्ण प्रसाद सिटौला समूह भने यही कार्यसमितिलाई केही महिना थप गरी १२ औं महाधिवेशन गर्न दिनुपर्ने पक्षमा छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here