संशोधन विधेयक पास नभए स्थानीय निर्वाचन हुँदैन : ठाकुर

758
  •  
  •  
  •  

mahanta thakurकाठमाडौँ, २१ पुस (ओएनएस) : तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले संविधान संशोधन बिधेयक पास नभए स्थानीय तहको निर्वाचन नहुने जिकिर गरेका छन् ।

रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा आयोजना गरेको साक्षत्कारमा अध्यक्ष ठाकुरले सरकार गठनकै क्रममा सत्तासिन दलले मधेसी मोर्चाका माग पूरा गन संविधान संशोधन गर्ने भनेकाले संशोधन विधेयक पास नभएसम्म स्थानीय तहको निर्वाचन नहुने बताएका हुन् । संशोधन विधेयक कानुन सम्वत रहेको उनको तर्क छ ।

तत्कालिन सुशील कोइरालाको नेतृत्वको सरकारको पालामा एमालेका अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेको संशोधन नै अहिलेको सरकारले ल्याएको बताउँदै ठाकुरले भने, ‘आफूले हस्ताक्षर गर्दा राष्ट्रवादी हुने तर, अहिले किन विरोध ?’

अंगीकृत नागरिकलाई जन्मसिद्ध नागरिक सरह अधिकार दिनुपर्ने विषय हल्ला मात्र भएको भन्दै ठाकुरले बैवाहिक महिलालाई अधिकार दिनु पर्नेमा मधेसी मोर्चाको माग रहेको बताए ।


  •  
  •  
  •