महावीरको ‘मुठ्ठीदान अभियान’बाट ४ करोड रुपैयाँ संकलन

mahabir-pun
काठमाडौं, ४ असार (ओएनएस) : आर्थिक सहयोग जुटाउने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्रले थालेको ‘मुट्ठीदान अभियान’ बाट अहिलेसम्म ४ करोड रुपैयाँ संकलन गरेको छ ।

स्वदेशभित्र वैज्ञानिक क्षेत्रमा खोज, अनुसन्धान तथा आविष्कार गर्न चाहने विद्यार्थीलाई उनीहरुको प्रस्ताव तथा योजनाका आधारमा सक्दो सहयोग गर्ने उद्देश्य आविस्कार केन्द्र खोलिएको हो ।

केन्द्रले गत वर्षको साउनदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा यो अभियान सुरु गरिएको थियो । केन्द्रले रु ५० करोड संकलन गरेर जलविद्युतमा लगानी गरी त्यसबाट प्रत्येक वर्ष आउने आउने प्रतिफलबाट अनुसन्धानका क्षेत्रमा खर्च गर्ने योजना राखेको छ ।

योजना सफल पार्न केन्द्रका अध्यक्ष पुनले आफूले प्राप्त गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका पुरस्कारसमेत लिलामीमा राखेका छन् ।

ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा सञ्चालन गरी सूचना तथा सञ्चारको पहुँच पुर्याउँदै आएको सो संस्थाले विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

SHARE