काठमाडौंको भट्टीबाट १७ हजार लिटर अबैध घरेलु मदिरा बरामद

421
  •  
  •  
  •  

काठमाडौं, ९ फागुन(ओएनएस) : काठमाडौंको एक भट्टीमा प्रहरीले छापा हानेर अवैध मदिरा बरामद गरेको छ । काठमाडौं महानगरपालिका–६ स्थित नागेश्वर गल्लीमा रहेको भट्टीबाट प्रहरीले १७ हजार लिटर अबैध घरेलु मदिरा बरामद गरेको हो ।

फाइल तस्बिर

अवैध मदिरा बनाउने गरिएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द नेतृत्वको टोलीले छापा हामी १५ हजार ७ सय लिटर तयारी र एक हजार ५ सय लिटर कच्चापदार्थ बरामद गरेको हो ।

यस्तै, तीनरतीनवटा ग्यास चुलो र सिलिण्डर, ७८ थान दुई सय लिटरको प्लाष्टिकको ड्रम र ४० वटा ४० लिटरको ड्रम समेत बरामद गरेको छ ।


  •  
  •  
  •