सरकारको विकल्प खोज्न हुँदैन : नेता नेपाल

16
  •  
  •  
  •  

काठमाडौं, २२ कात्तिक (ओएनएस) : नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अहिले सरकारको विकल्प खोज्न नहुने बताएका छन्।

देउसीभैलो कार्यक्रममा नेता नेपालले देश र जनतालाई विकास र समृद्धिमा लैजानका लागि सरकारसँग स्पष्ट दृष्टिकोण रहेको बताए।

कम्युनिस्ट पार्टीको सरकार असफल भए सिंगो राष्ट्र नै असफल हुने बताउँदै पूर्वप्रधानमन्त्री नेपालले मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक र सामाजिक रुपान्तरणका लागि सरकारले प्राथमिकिकरण गरेको र राज्यका निकायलाई गतिशील बनाएर सरकार अगाडि बढ्नुपर्ने बताए।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here