काठमाडौं, फागुन(ओएनएस) : माछापुच्छ्रे बैंक र चिरायू नेसनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा चिरायु नेसनलका सञ्चालन निर्देशक चण्डेश्वर वैद्यले हस्ताक्षर गरे ।
सम्झौताअनुसार बैंकका ग्राहकले चिरायुका सेवाहरुमा १५ प्रतिशतसम्मको छुट पाउने छन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।