राजदूत लक्की शेर्पालाई नेपाल बोलाइयो

35
  •  
  •  
  •  

काठमाडौं, २२ मंसिर (ओएनएस) । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले सोधपुछका लागि भन्दै काठमाडौं बोलाएको छ ।

राजदूत शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि मन्त्रालयले उनलाई काठमाडौं बोलाएको हो । उनी आज काठमाडौंका लागि हिँडेकी छन् ।

राजदूत शेर्पालाई विभिन्न आरोप आएपछि काठमाडौं बोलाइएको परराष्ट्र मन्त्रालयले बताएको छ । शेर्पा पुष्पकल दाहाल प्रधानमन्त्री भएका बेला माओवादी कोटाबाट अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएकी हुन् ।

यो पनि हेर्नुहोस्

राजदूत शेर्पाको विवादास्पद भूमिकाबारे छानबिन गर्न माग

 


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here