मानव तस्करीमा मुछिएकी राजदूत लक्की शेर्पा बर्खास्त

137
  •  
  •  
  •  

काठमाडौं, २४ पुस (ओएनएस) : सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ।

साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले मानव बेचविखन प्रकरणमा मुछिएकी राजदूत शेर्पालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेकाे हाे।

परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषदमा बुझाएको प्रतिवेदनका आधारमा सरकारले शेर्पालाई बर्खास्त गरेको हो। मानव तस्करीको आरोप लागेपछि शेर्पालाई स्पष्टीकरणका लागि एक महिनाअघि नेपाल झिकाइएको थियो।

शेर्पाले स्पष्टीकरणकै क्रममा परराष्ट्र समितिलाई गत वर्ष नोभेम्बरमा अष्ट्रेलियास्थित दूताबासले उनको घरेलु सहायक वाङचु शेर्पाका केही गतिविधिहरु संदिग्ध रहेको, वाङचु र उनकी पत्नीले नेपालबाट अष्ट्रेलिया लैजाने भनी केही व्यक्तिहरुबाट ठूलो रकम असुलेको सम्भावना रहेको बताएको थियो। सोही आधारमा उनीमाथि आवश्यक छानबिन र कारवाहीको माग गरिएको थियो।

पूर्वचालक वाङ्छु शेर्पाले लक्कीलाई मानव बेचबिखनको आरोप लगाएपछि उनी विवादमा परेकी थिइन्।

 

 


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here