बेडरूमको डिजाइन यसरी गर्नुस्

724
  •  
  •  
  •  

bedroomवास्तु विज्ञानका अनुसार घर या सयनकक्ष अर्थात् बेडरूम वास्तुदोषमुक्त भएमा सबै समस्या समाधान हुन्छन् । खासगरी पतिपत्नीको बीचमा हुने प्रेमको कमी र पैसाका कारण परिवारमा हुने स-साना विवादको समाधानका लागि वास्तु विज्ञान अनुसार दोषमुक्त हुनु आवश्यक हुन् । यसकारण आफ्नो जीवनलाई खुसी र रोमाञ्चक बनाउनका लागि बेडरूममा वास्तुका केही यस्ता कुराहरुलाई ध्यान दिनु जरूरी हुन्छ । थाहा पाऔ कसरी आफ्नो बेडरूमलाई वास्तु अनुसार दोषमुक्त बनाउने ?

  • विवाहित जोडीले आफ्नो बेडरूममा एउटामात्र डस्ना राख्नुपर्छ र सधै एउटा मात्र बेडको प्रयोग गर्नुपर्छ । बेड, बेडसिट र डस्ना अलग-अलग प्रयोग गर्दा यसले सम्बन्धमा पनि दुरी बढाउने गर्छ ।
  • आफू सुत्ने बेडमुनी कुनै पनि इलेक्ट्रिक सामान राख्नु हुँदैन । यसले सम्बन्ध खराब गर्ने मात्र नभई आर्थिक समस्यालाई पनि बढाउने गर्छ । यसले पति-पत्नीबीच धनसम्पत्तिलाई लिएर मनमुटाव हुने सम्भावना हुन्छ ।
  • सकेसम्म बेडरूममा ऐना राख्नु हुँदैन । ऐनाको परावर्तन बेडमा हुनाले स्वास्थ्यमा प्रतिकूल असर पर्छ । यसले पति पत्नीमध्ये एकको स्वास्थ्यमा प्रतिकूल असर गर्ने गर्छ । यसले सम्बन्धमा दूरी बढाउन थाल्छ र जीवनमा प्रेमको कमी हुन जान्छ ।
  • धेरै मानिसले आफ्नो बेडरूमलाई सजाउनका लागि बेडरूममा विरूवा राख्ने गर्छन् । तर, वास्तु विज्ञानका अनुसार बेडरूममा विरूवा लगाउनाले स्वास्थ्य र धनको नोक्सान गर्ने गर्छ र सम्बन्धमा पनि उतार-चढाव ल्याउने गर्छ ।
  • बेडरूममा प्रकाशको व्यवस्था पनि विचार गर्नुपर्छ । प्रकार सिधा पलंगमा नपरोस् भन्ने ख्याल गर्नुपर्छ । प्रकाश सधै पछाडि या बायाँबाट आउनुपर्छ ।
  • पलंगको अगाडिको ढोकामा राधाकृष्ण या कुनै प्रेमको प्रतिक कुनै चीजको तस्विर राख्नुपर्छ ।
  • वास्तु विज्ञानका अनुसार बेडरूममा पानीको फोहोरा या पानीसँग सम्बन्धित कुनै पनि पेन्टिङ्ग गर्नु हुँदैन । यसले सम्बन्धमा उतार चढाव ल्याउनुका साथै स्वास्थ्य र धनका लागि फाइदाजनक हुँदैन ।

  •  
  •  
  •